दीपिका ‘पद्यमावत’को हरेक दृश्य सुटिङपछि नुहाउथिन्



काठमाडौं, १७ माघ

हिन्दी चलचित्र ‘पद्यावत’ले तीव्र विवादका वाबजुत पनि निर्माता तथा निर्देशक सञ्जयलिला भन्सालीलाई आर्थिक रुपमा राहत दिएको छ । चलचित्र रिलिज भएको पाँचौ दिनसम्म यसले १४० करोड भारु कमाइ गरेको छ । चलचित्रले राम्रो कमाई गरेपनि यसको छायांकन र रिलिजको समयमा नायिका दीपिका पादुकोणले निकै सास्ती भोग्नु पर्‍यो ।

सुटिङ गर्दाको सास्ती नायिका पादुकोणले अझै विर्सिएकी छैनन् । गर्मीमा निकै बाक्लो गहनै गहनाले भरिएको कपडा लगाएर अभिनय गर्नुपथ्र्यो । सुटिङको दिन सम्झँदै दिपिका भन्छिन्-‘सिन सकिने बित्तिकै नुहाउन गइहाल्थेँ ।’

सुटिङ सकिने बित्तिकै उनी आफ्नो भ्यानमा नुहाउन जान्थिन् । नुहाएपछि फेरि उही बाक्लो लुगा लगाएर सेटमा उपस्थित हुन्थिन् । दीपिकाका अनुसार  ‘बाजीराव मस्तानी’ को सुटिङ हुँदै गर्दा निर्देशक भन्सालीले ‘पद्यावत’को बारेमा सुनाएका थिए । यो विषयमा धेरै छलफल नै भएन । एक्कासी निर्देशक भन्साली र दीपिकाबीच सम्झौता भयो ।

‘पद्यावत’ रिलिज भएपछि जावेद अख्तरले चलचित्र हेरिसकेर ‘पद्यावत’लाई ‘मदर इण्डिया’सँग तुलना गरे । दीपिका भन्छिन्-‘यो मेरो लागि अविस्मरणीय कुरा थियो ।’

प्रतिक्रिया दिनुहोस्