‘शत्रु गते’ को दोस्रो गीत ‘पिरतिको बर्को’ सार्वजनिक : झल्कियो पल र आँचलको प्रेम



चैत्र ९ गते बाट प्रदर्शनमा आउने सिनेमा ‘शत्रु गते’ को अर्काे गीत पिरतिको बर्को’ सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको फरक प्रस्तुतीमा तयारमा भएको गीत आज राइजिङ महलमा एक कार्यक्रम गर्दै सार्वजनिक गरीएको हो । सोहि सिनेमाकै पहिलो गीत ‘रुपै मोहनी’ भने हिट भैसकेको छ ।

पछिल्लो समय निकै चर्चामा रहेको आँचल र पल को प्रेम गीतमा झल्किाएको छ । उनीहरु रिएल लाईफमा पनी प्रेमको रंगमा घुल्दै छन् । प्रविण सिंहको आकर्षक कोरीयोग्रफी रहेको गीतलाई अर्जुन भट्टराइले लेखेका हुन् ।

मह संचारको प्रस्तुतीमा तयार भएको सिनेमा शत्रु गते मा प्रदिप भट्टराइको निर्देशन रहेको छ । भने मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेले, किरण केसी, सुष्मा कार्की, मोहित बंश आचार्य, राजु भुजु लगायतका कलाकारको अभिनय रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्