२ बर्षपछि भेट्दा आमेश जोगी : नीता ढुङ्गाना (भिडियो सहित)



१८ माघ: कलाकारहरुको प्रेममा ब्रेकअप र प्याचअपका घटना नौलो भने होईनन् । यसअघि पनि बलिउडदेखी नेपाली फिल्म उद्योगसम्म धेरै कलाकारको सम्बन्ध टुटेका र जुटेका उदाहरण प्रसस्तै छन्। नायिका नीता ढुङ्गाना र नायक आमेश भण्डारीको प्रेम प्रशंग नयाँ  होईन् । करिब दुई बर्ष पहिले नीताले आमेशसँगको प्रेम सार्वजनिक गरेपछि यो जोडी हिट लिस्टमा थियो । सामाजिक सञ्जालदेखी मिडियाहरुमा बेला बेलामा यो जोडीको प्रेम प्रशंग आइरहन्थ्यो ।  तर पछिल्लो पटक यो अवस्था बनेन्, या यो जोडीको प्रेममा खटपटी आयो, दुबैजना एक अर्काबाट रहे । निर्भय’ नामक फिल्मको घोषणा समारोहमा मिडियाले सोधेको प्रश्नमा नीताले प्रेम र बिहेको बारेमा खुलेर बोल्न चाहिनन्, बरु कुरा अन्तै मोडिन् । त्यस्तै आमेशले पनि फेसबुकमा स्टाटस लेखेः ‘सिंगल हुनु अभिशाप हो या गिफ्ट । तपाई नै निर्णय गर्नुहोस् ।’

ब्रेकअप भएको करिब २ बर्षपछि यो जोडि फेरी संगै देखिएका छन् । थप भिडियोबाट

प्रतिक्रिया दिनुहोस्