अचनाक नयाँ भेषमा यसरी देखिए पारस शाह



काठमाडौं, १८ माघ

पूर्व युवराज पारस शाह अचनाक पशुपतिनाथ मन्दिर परिसरमा देखिए ।  मंगलबार दिउँसो साँढे ३ बजेतिर गुहेश्वरी मन्दिरमा पुगेका पारस त्यसपछि पशुपति नाथमा पुजा गर्न आइपुगेका थिए । गुहेश्वरीमा उनले १० मिनेट पुजा गरेका थिए भने पशुपतिनाथमा १५ मिनेट बिताए ।

आफ्ना समर्थकहरुका साथ पुजाआजामा निस्केका पारस मंगलबार भने नयाँ भेषमा देखिएका थिए । पहिले भन्दा केही मोटाएको जस्तो देखिने पारसले उलनको लामो कोट लगाएका थिए । उनको टाउकोमा कालो चश्मा थियो भने सदाझैँ कपालको चुल्ठो बाँधिएको थियो । उनको खुट्टामा सामान्य चप्पल थियो ।

लामो दाह्री पालेका पारसको घाँटीमा रुद्राक्षका मालाहरु थिए । पशुपतिमा उनले पुजा गरिरहँदा उनका समर्थकहरुले भने राजतन्त्रको माग गर्दै नाराबाजी गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्