चर्चित अभिनेत्रीको तीनवटा खुट्टा देखिएपछि….



हलिउडको एउटा म्यागेजिनको कभर फोटो खिचाउने क्रममा चर्चित अभिनेत्री तथा निर्मात्री रेस विदरस्पुनको तीन वटा खुट्टा भएको रहस्य खुलेको छ । ‘भानित्य फेयर’ म्यागेजिनको कभर स्टोरीका लागि विभिन्न सेलीव्रेटिहरुको सामुहिक तस्विर खिचाएको थियो । फोटोमा वेलायतकी चर्चित टेलिभिजनकर्मी ओप्रा विन्फ्रेको हात पनि तीनवटा रहेको देखाइएको छ ।
फोटो हेरेपछि बीबीसीका म्युजिक रिपोर्टर मार्क साभेजले ट्विट गरेका छन्, ‘सोच्नुहोस् त यत्रो वर्षसम्म रेस विदरस्पुनको तेस्रो खुट्टा चलचित्र र टिभी सोमा लुकाउन कति लाख खर्च गरिन् होला ।’

फोटोको सम्बन्धमा विदरस्पुनले रमाइलो गर्दै ट्विट गरेकि छिन्, ‘म अहिले सोचिरहेकि छु कि मेरो तीन वटा खुट्टा छन्, तपाईहरुले स्विकार्नु भयो होला ।’ उनले ओप्रालाई उल्लेख गर्दै लेखेकि छन्, ‘म माफि माग्ने छैन यदि तिमीले साहारा दिने मौका पायौ भने जरूर साथ दिन सुझाव दिन्छु ।’ तस्बिरमा विदरस्पुनको खुट्टालाई ओप्राको शरिरले धानेको देखिन्छ ।
रिट्विट गर्दै टेलिभिजनकर्मी ओप्राले भनेकि छन् ‘अवश्य स्विकार्छु, अनि तिमिलाई पनि थाहा छ मेरा तीनओटा हात छन् भन्ने कुरा ।’

‘भानित्य फेयर’ म्यागेजिनले ट्विट गर्दै सच्याउन खोजेको छ, ‘विदरस्पुनको तीनवटा खुट्टा नभइ त्यो खुट्टाजस्तो देखिने उनले लगाएको ड्रेसको लाइन हो।’ अनि ओप्रालाई ट्विट गर्दै भनेको छ, ‘हामी यो कसरी विश्वास गर्न सक्छौ कि तिमी माथि जादु भयो । हामी सबैको दुईवटा हात छ । अनि हामीले अनलाइनमा देखिएको कमजोरीलाई पनि सच्याइसकेका छौ ।’
यो गल्ती हलिउड स्टार जेम्स फ्रान्स्कोलाई हलिउड कभरबाट हटाउन खोज्दा भएको थियो । फ्रान्स्कोलाई पाँच जना महिलाहरुमाथि यौन शोषण गरेको आरोप लागेको छ । हाल उनी पुलिसको निगरानीमा छन् । चर्चित फोटोग्राफर एनी लिवोभिजले आफ्नो क्यामेरामा उक्त तस्विर कैद गरेकि हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्