प्रचारप्रसारको अभावमा छत्रदेवको छत्रमहाराज मन्दिर ओझेलमा



अर्घाखाँची, १८ माघ : अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ५ मा रहेको छत्रमहाराज मन्दिर प्रचारप्रसारको अभावले गर्दा ओझेलमा परेको छ । छत्रदेव गाउँपालिकामा रहेको ऐतिहासिक तथा पुरातात्त्विक मन्दिर ओझेलमा परेको हो।पटकपटक निर्वाचन हुदा उम्मेदवारले विकास गर्ने प्रतिबद्धता जनाए पनि ती प्रतिबद्धता कागजमा मात्रै र भाषणमा मात्रै सिमित भएका छन्। पुरातात्वीक ईतिहास बोकेको मन्दिर प्रचारप्रसारले ओझेलमा पर्नु भनेको समग्र छत्रदेव गाउपालिका पछाडि पर्नु हो, विशेषगरी छत्रमहाराज मन्दिरमा दशैको समयमा मात्रै भिड लाग्ने गर्दछ । वडादशैको महाअष्टमी वा महानवमिका दिनमात्रै यो मन्दिर दर्शनार्थीका लागि खुल्ला गरिन्छ, छत्रकोट मन्दिर परिसरमा विभिन्न मन्दिरहरु पनि छन्, यहाँ गणेशको मन्दिर तथा विस्नुको मन्दिर पनि रहेका छन्। मन्दिर भने विभिन्न समयमा खुल्ला हुन्छ, विभिन्न समूह तथा व्याक्तिहरुले मन्दिरमा विभिन्न घण्टा तथा गेट निर्माण गरेका छन्।

दशैको समयमा यस मन्दिरमा नेपालका विभिन्न जिल्लाबाट दर्शन गर्ने दर्शनार्थीको निकै भिड लाग्ने गर्दछ। पुरातत्व संरचना अनुसार बनेको छत्रमहाराज मन्दिरलाई प्रचारप्रसार गर्न सकेमा निकट समयमा नै यस मन्दिरलाई विश्व स्तरमा पुर्याउन सकिन्छ र आर्थिक उपार्जन पनि गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्