नगरपालिका विकास योजना सार्वजनिक



नेपालगञ्ज, १८ माघ : नेपालगञ्ज उपमहानगरपालिकाले हाल सञ्चालन गरिरहेको ४२ बुँदे विकास योजनाको खाका आज यहाँ सार्वजनिक गरेको छ ।

उक्त  नगरपालिकाले प्रस्तुत गरेको योजनामा सडक विस्तार, करिब ८० किलोमिटर सडकको कालोपत्र, ढलनिकास, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साइड तथा आधुनिक बसपार्क निर्माण, फुटपाथ व्यवस्थापन, तालतलैया मर्मत, सामाजिक विकास कार्यक्रमलगायतका छन् ।

त्यसैगरी नगरको साँघुरो कान्जीहाउसको सट्टा ठूलो कान्जी हाउस र गौशाला निर्माण, छाडा चौपाया नियन्त्रण ट्राफिक व्यवस्थापनलगायतका कार्यक्रम पनि योजनामा राखिएको छ ।

नगरका कूल २३ वडाका लागि करिब रु १८ करोडको बजेट विनियोजन गरिएको नगर प्रमुख धवलशम्शेर राणाले जानकारी दिनुभयो ।

उक्त नगरपालिकामा बुधबारदेखि टोल फ्रि कक्ष पनि स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्