आँखा र नाक नभएकी हँसिली युवती (भिडियो सहित)



सुन्दा पनि अचम्म लाग्ने आँखा र नाक नभएको मानिस जन्मियो भन्दा । यदि यस्तो मानिस जन्मियो भने के उसले सामान्य जिवन जिउन सक्छ ? के उसका दैनिक क्रियाकलाप सहज हुन्छन् ?

हो, १९ वर्षकी क्यासिडी नामक युवतीको जन्म नाक र आँखा नभएको अवस्थामा भयो । आँखा र नाक नभएकी छोरीको जन्मले बाबु आमालाई शुरुमा तनाव भएको थियो । तर आजभोली उनको क्रियाकलाप सामान्य भएको देख्दा परिवार खुशी छन् ।

यद्यपी उनलाई देख्ने मानिस शुरुमा तर्सिन सक्छन् । उनको नाक नभएपनि उक्त ठाउँमा ठूलो प्वाल छ । त्यही प्वालबाट उनले श्वास फेर्ने गर्छिन । उनले आँखा देख्दिनन् । तर सामान्य जिवन यापन गरेकी छन् । उनी अहिले कलेज पनि जान थालेकी छिन् । उनको मुस्कुराउँदो हाँसोले सबैलाई लोभ्याउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्