साङ्लाले दुःख दिन्छ ! जानीराखौ भगाउने घरेलु तरिका



पाईँको घरमा साङ्ला परेको छ भने कुनै ठूलो झन्झट गर्नु पर्दैन ।  नआत्तिनुस,  हाम्रै वरिपरि पाइने तेजपत्ता र ल्वाङले सजिलै साङ्लाबाट मुक्ति पाउन सकिन्छ ।

तेजपत्ता
तेजपत्ताको गन्धसँग साङ्लाहरु भाग्ने गर्छ । त्यसैले केही पत्ता कक्रोच धेरै बस्ने कुनामा राखिदिनुहोस् । यसको गन्धले कक्रोच आफैँ भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नुपर्छ ।

ल्वाङ
ल्वाङको गन्ध ल्वाङ पनि साङ्ला भगाउने उत्तम उपाय हो । साङ्ला धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धुलो राखिदिनुहोस् । यस उपायबाट कक्रोच भाग्छ ।

प्रतिक्रिया दिनुहोस्