हेर्नुहोस् ! विश्वको सबैभन्दा लामो र अग्लो पुल (भिडियो सहित)



चीनले हरेक कुरामा आफुलाई अरुभन्दा फरक र अब्बल बनाउदै अगाडि बढिरहेको छ । सन् २००९ मा निर्माण सकेर सर्वसाधारणको लागि खुला गरिएको उक्त पुलको नाम सिदु दिईएको छ । सिदु पुल जमिनबाट १६ सय फिट उचाइमा बनेको छ ।

पपुवा न्यु गिनिमा १२ फिट उचाइमा बनेको पुलको रेकर्डलाई सिदु पुलले तोडेको छ । सिदु पुल बन्नु भन्दा पहिले चीनको उक्त पहाडी क्षेत्र बिकट थियो र चीनले उक्त क्षेत्रलाई राजमार्गसंग जोड्ने सपना बोकेको थियो । सिदु पुल ५ हजार फिट लामो छ । जसलाई निर्माण सुरु गर्दा रकेटको प्रयोग गरिएको थियो । यो पुलको भार क्षमता ४३ लाख टन भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्