भिडियोमा हेर्नुहोस् गौरी मल्लको जीवन साथी



नेपाली चलचित्रकी पुरानी अभिनेत्री गौरी मल्लले विभिन्न स्टेजमा कविता वाचन गरेको त धेरैलाई थाहा छ । तर, उनले औपचारिक रुपमा गीत गायनमा भने आफूलाई होमेकी थिईनन् । अब भने उनी गायिकाका रुपमा सांगीतिक क्षेत्रमा आएकी छिन् । उनले ‘जीवन साथी’बोलको गीत गाएकी छिन् । यो नै उनले पहिलो पटक आवाज भरेको गीत हो ।

‘जीवन साथी’बोलको सार्वजनिक गीतमा अभिनेत्री गौरीलाई गायनमा चर्चित गायक प्रमोद खरेलले गायनमा साथ दिएका छन् । पूजा मारियाका शब्द तथा राम सिटौलाको संगीतमा गौरी र प्रमोदको ‘जीवन साथी’ सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्