शुक्रवारबाट देशभर ‘शेरबहादुर’ र ‘पटुकी’ रिलिज



दुई नेपाली सिनेमा ‘शेरबहादुर’ र ‘पटुकी’ शुक्रवार सिनेमा हलमा रिलिज भएको छ । गौरी शङ्कर धुजु र धिरज राजवंशीको निर्माण रहेको शेरबहादुरलाई आर राजवंशीले निर्देशन गरेका हुन् । सिनेमामा अभिनेता सुनिल थापा, कर्म, मेनुका प्रधान र रबिन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाले बुधवार काठमाडौँमा प्रिमियर सो आयोजना गरेको थियो । प्रिमियर सोमा सकारात्मक प्रतिक्रिया पाएको शेरबहादुर देशभरका ६ दर्जन बढी हलमा प्रदर्शन भएको छ । त्यस्तै अर्को नेपाली सिनेमा ‘पटुकी’ आजबाट प्रदर्शनमा आएको छ । म्याक्टेन कालुको निर्माण रहेको सिनेमा पटुकीमा नयाँ कलाकारसँगै नायिका रजनी केसीको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्