मिस वल्ड मानुषीको मनपर्ने अभिनेता सलमान



नयाँ दिल्ली, २० माघ : मिस वल्ड सन् २०१७ को ताज पहिरिएकी भारतीय सुन्दरी मानुषी छिल्लरले उनको मनपर्ने अभिनेता सलमान खान भएको बताएकी छिन्।

यसअघि नै उनले आफुलाई सलमान खानसँग फिल्म खेल्ने तीव्र इच्छा भएको बताएकी थिईन् । सलमानका साथसाथै उनलाई बलिउड क्षेत्रमा आमिर खान तथा पुर्व मिस वल्र्ड प्रियंका चोपडा समेत मनपर्ने कलाकार हुन्।

मानुषीको बलिउड क्षेत्रमा स्थापित हुने चाहना रहेको छ । उनले सलमान खानसँग फिल्म खेल्न चाहेको बताएकी छिन् । भारतीय सुन्दरीहरू ऐश्वर्या र प्रिंयका मानुषीका प्रेरणाको स्रोत भएको उनले बताइन्।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्