दीपिकाको फ्यानहरुलाई खुशीको खबर !!! दीपिका नेपाल आउँदै



काठमाडौं – बलिउड अभिनेत्री दीपिका पादुकोण आगामी मार्च ५ गते फिल्म छायांकनका लागि नेपाल आउने भएकी छन् । निर्माता एवं निर्देशक विशाल भारद्वाजलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले सो कुरा जनाएको छ।

भारद्वाजका अनुसार दीपिकासँगै अभिनेता इफरान खान पनि आउनेछन्। नाम नखुलाइएको यो फिल्मको निर्देशन भारद्वाजले नै गर्दैछन्। ‘यस नयाँ विषयमा काम गर्ने कुराले उत्साहित छु,’ भारद्वाजले भनेका छन्। नेपालबाटै सुरु हुने फिल्मको छायांकनको लागि सबै तयारी पुरा भएको बताइएको छ। क्रियाज इन्टरटेनमेन्ट र विशला भारद्वाज पिक्चर्सको व्यानरमा निर्माण हुने यो फिल्मको नाम भने तय भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्