जान्नुहोस ! यस्ता पाप गर्नेलाई भगवानले कहिल्यै माफ गर्दैनन्



नारदपुराण धर्म ग्रन्थको एक महत्वपूर्ण हिस्सा हो। यसमा भगवानको धेरै लिला र ज्ञानको बर्णन गरिएको छ। नारदपुराणमा मनुष्य जीवनसंग जोडिएका धेरै कुराको बारेमा बताइएको छ। जसको दयन सबै राख्न जरुरत छ। नारदपुराणमा चार यस्तो कामको बारेमा भनिएको छ जसलाई माहापाप मानिन्छ। यी काम गर्नाले मनुष्यले निश्चित नै धेरै दुखको सामना गर्नपर्छ।
यी हुन् ति कामहरु:

१. गुरुपत्नीको साथमा सम्बन्ध बनाउनु
गुरुले मनुष्यलाई राम्रो-नराम्रोको ज्ञान दिन्छन्। गुरुलाई बुबा समान र गुरुपत्निलाई आमाको समान मान्नुपर्छ। गुरुपत्निसंग सम्बन्ध राख्ने वा गुरुपत्नीमाथि नराम्रो आँखा लगाउनेलाई ब्रह्म हत्या भन्दा पनि ठुलो पाप लाग्छ। गुरुपत्नीसँग यौन सम्पर्क राख्ने व्यक्तिको पापको प्रायश्चित कुनै पनि तरिकाले सम्भब छैन। यस्तो व्यक्तिलाई जयन्ति नामक नर्कमा उसको पापको सजाय मिल्छ।

२. चोरी गर्नु
जुन व्यक्तिले अरुको बस्तुमा हक जमाउने वा चोर्ने प्रयास गर्छ त्यसलाई महापापी मानिन्छ। कुनै अरु व्यक्तिको सामान छल गरेर पाउने वा चोर्नाले मानिसको जीवनको सबै पुण्यकर्म नष्ट हुन्छन्। चोरेको बस्तुबाट कहिले पनि लाभ मिल्दैन, त्यसको कारणले नोक्सानको सामना गर्नुपर्छ। चोरी गर्नाले उ संग-संगै उसको साथीभाई र परिवारले पनि धेरै चोटी समस्या झेल्न पर्ने अवस्था आउछ। चोरी गर्ने व्यक्तिले तामिस्र नामक नर्कमा दुख भोग्नुपर्छ। मानिसले कहिल्यै पनि यस्तो महापाप गर्नु हुँदैन।

३. रक्सी पिउनु
नारदपुराणमा रक्सीको तिन प्रकारको बर्णन गरिएको छ, गौड़ी (गुदबाट बनाइएको) पैष्टी (चामलको पिठोबाट बनाइएको) माध्वी (फुल,अंगुर आदिको रसबाट बनाइएको) । महिला होस् या पुरुष सबै यी रक्सीहरुबाट टाढा रहनु पर्छ। कुनै पनि प्रकारको रक्सी पिउनाले मानिस महापापको भागिदार हुन्छ। यस्तो मानिससंग भगवान कहिल्यै पनि प्रशन्न हुँदैनन् र उसको जीवनमा सधै समस्या मात्र आउछ। रक्सी पिउने वा पिलाउने मानिसलाई विलेपक नामक नर्कमा धेरै यातना दिईन्छ। मानिसले भुलेर पनि रक्सी पिउनु हुँदैन।

४. ब्राह्मणको हत्या
ब्राह्मण भगवान ब्रह्माको मुखबाट उत्पति भएका हुन्। पुराणमा ब्राह्मणलाई सबैभन्दा माथिको स्थान दिईएको छ। ब्राह्मणलाई पुजा गर्नमा योग्य मानिन्छ। यदि कोहि मानिसले जानेर वा नजानेर कुनै ब्राह्मणको हत्या गर्छ भने, उसलाई ब्रह्म हत्याको पाप् लाग्छ। यसलाई महापाप मानिन्छ। यस्तो कर्म गर्ने मानिसले जीवन भर दुख-कष्ट सहनु पर्छ। ब्रह्म हत्या गर्ने मानिसलाई कुंभीपाक नामक नर्कको यातना सहनुपर्छ। त्यसैले मानिसले भुलेर पनि ब्रह्म हत्या गर्नु हुँदैन

प्रतिक्रिया दिनुहोस्