अशोकसँग स्वस्तिमा पक्का



काठमाडौं, २० माघ
निर्देशक, कलाकार एवं निर्माता अशोक शर्माको नयाँ चलचित्रमा नायिका स्वस्तिमा खड्का अनुवन्धित भएकी छिन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले रिजेक्ट गरे पछि नायिका स्वस्तिमा खड्काले यो चलचित्र साइन गरेकी हुन् ।

नाम भने अझै टंगो नलागेको उक्त चलचित्रको यहि फागुन १ गतेबाट छायांकन सुरु हुने छ । खगेन्द्र लामिछानेको कथा र अभिनय रहने चलचित्रमा नायक सलोन बस्नेत समेत पक्का भएका छन् । चलचित्रमा राजनराज सिवाकोटीको संगीत रहनेछ । सामाजिक कथामा चलचित्र निर्माण गरिने निर्माण पक्षको भनाई रहेको छ ।

अशोक शर्माको निर्देशन र अभिनय समेत रहने चलचित्रमा सौगात मल्ल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण केसी, रामचन्द्र अधिकारी, सारदा गिरी लगायतका कलाकारहरुको पनि अभिनय रहने छ । बसन्त श्रेष्ठको कोरियोग्राफी रहने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्