आलिया र रनबीरबीच अफयेर्स !



मुम्बई । बलिवुडमा जब नायक नायिकाले नयाँ फिल्म सियन गर्छन त्यसपछि दुइको अफयेर्सको चर्चा मिडियामा सुरु भैहाल्छ ।

बलिवुड अभिनेत्री आलिया भट्ट र अभिनेता रनबीर कपुरबीच पनि यस्तै भएको छ । आलिया र रनबीरले आयन मुखर्जीले निर्देशन गर्ने फिल्म ब्रम्हास्त्र सँगै गर्ने भएपछि उनीबीच अफयेर्स भएको चर्चा बलिवुडमा सुरु भएको छ ।

बलिवुड सम्बन्धि रिपोर्टिंग गर्ने स्पोट ब्यायका अनुसार अहिले रनबीर र आलिया पालै पालो आ-आफ्नो घरमा पार्टी गरिरहेको उल्लेख गरेको छ ।

कट्रिनासँगको ब्रेकअप पछि पाकिस्तानी अभिनेत्री माहिरा खानसँग रनबीरको अफयेर्स चलेको बताइएको थियो । तर केहि महिना अघि दुवैको विवादित तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर पछिल्लो पटक रनबीर र माहिराबीच पनि ब्रेक अप भएको रिपोर्ट पछि रनबीरको नाम आलियासँग जोडिएको छ ।

आलिया भट्ट अहिले बलिवुडमा सर्वाधिक सफल अभिनेत्री हुन् । एक पछि अर्को सफल फिल्ममा अभिनय गरेकी आलियाले यस बर्ष राजी, गली ब्याय, ब्रम्हास्त्र, शुद्धी, आशिकी-३, शिद्धत जस्ता फिल्ममा व्यस्त छिन् । फिल्ममा पाएको सफलताको चर्चा सँगै आलियाको प्रेम प्रसंग पनि चर्चित हुदै आएको छ । लामो समय देखि अफयेर्समा रहेका आफ्ना डेभ्यु अभिनेता सिद्धार्थ मलहोत्रासँग ब्रेकअप भएको चर्चा सेलाउन नपाउदै आलिया आफ्ना स्कुल जीवनका प्रेमी पूर्वप्रेमी अली डाडरकरसँग नजिकिएको रिपोर्ट आएको थियो । तर यो चर्चा सेलाउन नपाउदै आलियाको नाम रनबीर कपुरसँग जोडेर आउन थालेको छ ।

फिल्मको प्रमोशन र प्रचारको लागि नायक नायिकाको नाम जोडिने परम्परा त पुरानै हो तर दुवैको व्यक्तिगत स्ट्याटस र विगत हेर्दा यी दुईको अफयेर्स छैन भन्ने अवस्था भने देखिदैन ।

-एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्