विवाह अघिनै आमाबन्न तयार : नायिका श्रुति हसन (भिडियो सहित)



बलिउड नायिका श्रुति हसनले आफू बिहेअघि नै आमा बन्न तयार भएको बताएकी छिन् । ३१ वर्षीया श्रुतिको यो कुराले अहिले बलिउड मात्र होइन, दक्षिण भारतीय सिने उद्योगमै गर्माएको छ । आफु ब्यस्त भएका कारण अहिले सिंगल भएको उनले दाबी गरेकी छिन् ।

श्रुतिले हालै एउटा अन्तर्वातामा आफूले चाहेको जस्तो ब्वाइफ्रेन्ड भेटे बिहेअघि नै बच्चा जन्माउन तयार भएको खुलासा गरेकी हुन् । उनले भनेकी छिन्, ‘मैले खोजेजस्तो प्रेमी पाएँ भने बिहेअघि नै आमा बन्न मलाई कुनै समस्या छैन । यसमा मिडिया, आफन्त, दर्शकले के भन्लान्, के सोच्लान् भन्ने कुराको मलाई केही मतलब छैन । मात्र मैले सोचेको जस्तो प्रेमी हुनुपर्यो ।’

उनी बलिउड अभिनेता कमल हसनकी छोरी हुन् । उनी आफु पनि बिहेअघि नै जन्मिएकी हुन् । श्रुति जन्मिएको केही समयपछि मात्रै कमल र सारिकाले बिहे गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्