राखी सावन्त हंगामा : रामदेवसंग विवाह प्रस्ताब (भिडियो सहित)



राखी सावन्त बेलाबेला हंगामाका साथ मिडियामा छाईरहने एक नाम हो । उनी कयौंपटक आफ्नो भनाइका कारण विवादमा आएकी छिन् । पछिल्लो पटक चलचित्र पद्मावतलाई लिएर उनको भनाइ विवादमा आएको थियो । यसअघि उनले भगवान बाल्मीकीलाई डाकू भनेका कारण चर्को विरोधको सामना गर्न परेको थियो ।

विभिन्न स्टन्टका कारण चर्चामा आइरहेने उनले योगगुरु बाबा रामदेवसँग विवाह गर्नको लागि तयार रहेको भनाइ सार्वजनिक गरेकी थिइन् जसका कारण उनी थप चर्चामा आएकी थिइन् ।

बेलाबेलामा हंगमा गरेर उनी चर्चामा आउन चाहन्छिन् भन्दा फरक नपर्ला ।

प्रतिक्रिया दिनुहोस्