अध्यक्षमा कुरा नमिलेपछि बाम एकता अहिलेलाई टर्यो, सरकार गठनपछी मात्र फेरि लविङ्ग हुने



२१ माघ,काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता प्रक्रिया लम्बिने भएकोछ । पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष कपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको छ । नयाँ सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने एमालेका एक नेताले बताए ।

‘राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभाको सरकार गठनसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा लाग्नुपर्ने भएकाले दुवै दलको ध्यान नयाँ सरकार गठनमा केन्द्रित हुनेछ ।’ ती नेताले भने ।समाचारमा लेखिएको छ, सरकार गठनअघि नै पार्टी एकता गर्न माओवादीले दबाब दिए पनि एमालेले भने पर्ख र हेरको रणनीति लिएको छ ।ओली र प्रचण्डका बीचमा नै पद बाँडफाँडमा कुरा मिल्न नसकेपछि एकताको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्