१ लाख डलर पुरस्कार सहितको ‘द भ्वाइस’ नेपालको तयारी हुदै



काठमाडौं, २१ माघ

अब चाडै बिश्वब्यापी टेलिभिजन रियालिटी शो ‘द भ्वाईस’ नेपालमा पनि भित्रीने भएको छ । यसअघि अन्तरास्ट्रिय फ्रेन्चाईज शो को रुपमा ‘नेपाल आईडल’ सम्पन्न भएको नेपालमा फेरि यो अर्को महँगो शो नेपाल ल्याउने तयारी गरिएको हो । एपिवान टेलिभिजनबाट संचालनमा आएको ‘नेपाल आईडल’का निर्देशक लक्ष्मण पौडेल र उनको टिमले यस्को तयारी गरीरहेका हुन् । । उनले नेपाल आईडल सके लगत्तै एपिवान टेलिभिजन छाडेका थिए ।

अमेरिकाबाट सुरु भएको बिश्व चर्चित ‘द भ्वाइस’ सांसरकै निकै महँगो रियालिटी शो हो भने हालसम्म १३ ओटा सेसन सम्पन्न भैसकेको छ । विकिपिडियाका अनुसार अमेरिकामा यस्को १४ औ शृङ्खला आउदो फेब्रुअरीको २६ तारिखबाट सुरु हुदैछ । सन् २०११ को अप्रिल २६ बाट सुरु भइ जुन २९ सम्म चलेको ‘द भ्वाइस’को पहिलो सेसनबाट ‘जाभिर कोलोन’ यस्को पहिलो बिजेता बनेका थिए । बिजेताको लागि गित रेकर्ड संगै १ लाख अमेरिकन डलर अर्थात १ करोड बढी नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिन्छ ।

अमेरिका संगै अफ्रिका, नेदरल्याण्ड्स, अष्टेलिया, भारत लगायत झण्डै १९२ देशहरूमा ‘द भ्वाइस’को फ्रेन्चाईज सम्पन्न भैसकेको छ । यता नेपाल भित्र्याउने टीमले आधिकारिक जानकारी नगराएता पनि उनिहरुको फेसबुक स्टाटसले ‘द भ्वाईस’ पक्का नेपाल भित्रिने छ । द भ्वाइसको नेपाली टिममा नेपाल आईडलमा संगै सहकार्य गरेका होस्ट सुशील नेपाल संगै नेपाल आईडलकै रियालिटि हेड फिरोज तिमल्सीना लगायतका टीम रहने बुझ्न सकिन्छ । यसबारे बिस्तृत जानकारी बुझ्नको लागि केही समय प्रतीक्षा गर्नैपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्