देउवालाई ईतिहास कै कलंक मन्त्रिपरिषदका प्रधानमन्त्रीको रुपमा रविले गिनिज रेकर्ड प्रदान गर्ने !



काठमाडौं, २१ माघ

नेपाली टिभी जगतकै बहुचर्चित लोकप्रिय टिभी कार्यक्रम सिधाकुरा जनतासंगका प्रस्तोता विश्व कृतिमानी रबि लामिछानेले केहि महिना अगाडी आफ्नु फेसबुक पोष्ट मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई इतिहासकै कलंक घोषित गरेका थिए ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अचार संहिता बिपरित मन्त्रिपरिषद बिस्तार गर्दै कमल थापालाई उपप्रधानमन्त्री सहित केहि मन्त्रिहरु थपेर ६४ जनाको जम्बो मन्त्रिपरिषद निर्माण गरेका छन जुन नेपालको इतिहासमै सबै भन्दा ठुलो हो ।

यहि मन्त्रि परिषद बिस्तारले वर्तमान देउवा मन्त्रिपरिषद ईतिहास मै कलंक भएको भन्दै रबि लामिछानेले आफुले पाएको विश्व कृतिमान ‘गिनिज वर्ल्ड रेकर्ड सर्टिफिकेट’ लाई थोरै फेरबदल गरेर ”६४ सदस्यीय मन्त्री परिषद-ईतिहास कै कलंक भो” भन्दै प्रधानमन्त्री देउवाको नाम नै उक्त विश्व सम्मान सारिदिने उद्घोष गर्दै लेखेको स्ट्याटस यस्तो छ

”न मन्त्री बन्नेलाई लाज न बनाउनेलाई लाज! ६४ सदस्यीय मन्त्री परिषद-ईतिहास कै कलंक भो! देशले नयॉ किर्तीमान बनायो।मेरो यो Guinness World Records Certificate हल्का परिवर्तन गरेर प्र म देउवालाई नाम सारी गरीदिन चाहन्छु। मिल्छ? ”

१४ अप्रिल २०१३ मा रवि लामिछानेले टेलिभिजन जगतमा ६२ घन्टा लामो टिभी शो संचालन गरेर विश्वमा सबैभन्दा लामो टक–सोको विश्व कृतिमान कायम राखेका छन् र उक्त कृतिमानमा उनले पाएको गिनिज वर्ल्ड बुक अफ रेकर्ड्समा प्रधानमन्त्री देउवाको नाममा नाम सारी गर्न मिल्छ कि भन्दै व्यंगात्मक आक्रोश पोखेका छन् ।

तत्कालिन प्रधानमन्त्री दाहाल पछि प्रधानमन्त्री हुन् तयार भएका देउवालाई त्यो बेला पनि रविले लामिछानेले सिधाकुरा जनतासंगको भाग ७४ मा ”फेरि प्रधानमन्त्रीमा देउवालाई पाएकोमा यो देशले अभागी सम्झन बाध्य नहोस” भन्दै उक्त भागको शुरु मै रविले भनेका छन् ।

रविले लेखेको फेसबुक पोस्ट
अब हुने वाला प्रधानमन्त्री देउवालाई आक्रोशपूर्ण सुझाब दिदै यति सम्म भने कि यदि अब पनि देउवाले देशको हितमा काम गर्नेहरुलाई नछानिकन आफ्नु आसेपासेलाई मात्रै छाने भने यो देशले देउवा जस्तो नेतालाई प्रधानमन्त्रीको रुपमा पाएकोमा आफुलाई अभागी सम्झने छ त्यही भएर अब देउवाले देश बिकाश गर्ने बिज्ञहरुलाई खुल्ला छनौट गर्नु पर्छ र आफ्नु आसेपासेहरुको लागि बुढानिलकण्ठ र सिंहदरबारको ढोका बन्द गर्न सुझाब दिएका छन् ।

सफल भन्दा असफलको इतिहास रचेका देउवालाई इतिहासले केहि गरेर देखाउने मौका दिएको छ यसलाई सदुपयोग गर्दै बिपी जस्तो नेताको नाम नबिर्सन आग्रह पनि गरेका थिए ।

सिधाकुरा जनतासंगको ७४ औ भाग

प्रतिक्रिया दिनुहोस्