दस्तावेज सार्वजनिक गर्नु दुखद् : कोमी



वासिङ्टन, संयुक्त राज्य अमेरिका, २१ माघ : अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे विवादास्पद मानिएको ‘नुन्स मेमो’ (दस्ताबेज) सार्वजनिक गरेको भनी अमेरिकी गुप्तचर निकाय (एफबिआई)का पूर्व प्रमुख जेम्स कोमीले दुख व्यक्त गर्नुभएको छ ।

चुनावी अभियानका क्रममा ट्रम्पका विदेश मामिला सल्लाहकार रहेका कार्टर पेजको टेलिफोन रेकर्डिङमाथि टिपोट  केन्द्रित छ ।

एफबीआइले टिपोट सार्वजनिक गर्ने कदमप्रति गम्भिर चिन्ता व्यक्त गर्दै यसबाट मूख्य तथ्यहरु हटाइएको जनाएको छ । सो टिपोटमा न्याय मन्त्रालय र एफबिआइलाई पेजविरुद्ध जासूसी गर्न प्रमाणित नभएको प्रतिवेदनलाई आधार बनाएको आरोप लगाइएको छ ।

उक्त टिपोटमा गुप्त प्रतिवेदनका लेखक पूर्व ब्रिटिश जासूस क्रिस्टोफर स्टिलले न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई आफू डोनल्ड ट्रम्प चूनावमा पराजित भएको हेर्न व्याकूल रहेको बताएको जनाइएको छ ।

उक्त टिपोटलाई गोप्य नराख्न शुक्रबार अनुमति दिएका राष्ट्रपति ट्रम्पले ती दस्तवेजमा उल्लेख भएका गतिविधि भयावह भएको प्रतिक्रिया दिनुभएको थियो ।

रसियाली हस्तक्षेपका बिषयमा रहेको दस्ताबेज सार्वजनिक गरेकोमा असन्तुष्टी जनाउँदै कोमीले ट्वीट गर्नुभएको छ, “ गलत तथा भ्रामक टिपोटको सार्वजनिक भएको छ । यसले अमेरिकी संसद्को अन्तर्राष्ट्रिय समिति, गुप्तचर सेवा तथा विदेशी गुप्तचर निरिक्षण कानूनी निकायको विश्वास गुमाएको छ । यसले अझ बढी अक्षम्य कुरा त एक अमेरिकी नागरिकले गरेको वर्गीकृत अनुसन्धानलाई विवादमा तानेको छ ।”

उहाँले थप्नुभयो, “अमेरिकी न्याय विभाग र एफ्बीआईजस्ता गुप्तचर निकायले अब केका लागि आफ्नो सेवालाई निरन्तरता दिनुपर्ने ?”

कोमीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बर्ष अचानक बर्खास्त गर्नुभएको थियो । उहाँको वर्खास्तीसँगै अमेरिकी सञ्चारमाध्यमले ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्