मडुरो पुनः राष्ट्रपति उम्मेदवार बन्ने



कराकस, भेनेजुयला, २० माघ  : भेनेजुयला सरकारले शुक्रबार राष्ट्रपतीय निर्वाचनका बिषयमा हस्तक्षेप गरेको भन्दै संयुक्त राज्य अमेरिकाको आलोचना गरेको छ ।

साथै भेनेजुयला सरकारले राष्ट्रपति निकोलास मडुरोलाई पुनः निर्वाचनमा जान पाउने बिषयमाथि समर्थन जनाएको छ ।

भेनेजुयलाको संसदका वरिष्ठ विधायक तथा राष्ट्रिय संविधान सभा (एएन्सी)का अध्यक्ष डेल्सी रोड्रिगेजले अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले बिहीबार भेनेजुयलामा सरकार परिवर्तनका लागि निरन्तर दवाव दिने भनी दिनुभएको बिषयलाई आलोचना गर्नुभएको छ ।

रोड्रिगेजले अमेरिकालाई भेनेजुयलाको सार्वभौम अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ”मुलुकको आन्तरिक राजनीतिमा अमेरिकाद्वारा निरन्तर हस्तक्षेप गर्दै प्रतिपक्षी तथा दक्षिणपन्थी दललाई लामो समयदेखि सहयोग पुर्याएकोप्रति भेनेजुयलाको असहमति रहेको छ ।”

शनिबार ट्वीट गर्दै पेट्रोलमाथि साम्राज्य जमाउदै आएको शक्तिले भेनेजुयलालाई निर्देशन दिन सम्भव नभएको भन्दै टिलरसनले ल्याटिन अमेरिकालाई संयुक्त राज्य अमेरिकाको पक्षमा नदेख्न उहाँलाई आग्रह गरेको छ ।

भेनेजुयलाका विदेश मन्त्री जर्ज अराएजाले पनि टिलरसनको भनाईले दक्षिण अमेरिकी मुलुकमा ‘सैनिक विद्रोह गर्न उत्तेजित’ गर्नेगरेको दावी गर्नुभयो ।

मेक्सिको, कोलम्बिया र पेरु लगायतका ल्याटिन अमेरिकी मुलुकको भ्रमणमा रहेका टिलरसनले भेनेजुयलाको राजनीतिक सङ्कट समाधानका लागि वर्तमान् सरकार तगारो बनेको भन्दै मडुरोको दललाई समाधानका लागि तयार बन्न आग्रह गर्नुभएको थियो ।

भेनेजुयलाको सत्ताधारी दलले शनिबार नै वर्तमान् राष्ट्रपति मडुरोलाई आगामी निर्वाचनमा राष्ट्रपतिका रूपमा अघि सारिसकेका, उहाँको दलका उपाध्यक्ष डियोडाडो सावेलोले बताउनुभयो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्