जापानमा पाइन्छ भाडामा ब्वाईफ्रेन्ड ! थाहा पाउनुस् भाडाको दर (भिडियो सहित)



भानिन्छ, विश्व अनौठो घटनाले भरिएको छ । यहाँ यस्ता अनौठा घटना सुन्न पाइन्छ, जुन सुन्दै छक्क परिन्छ । त्यस्तै, जापानमा भाडामा ब्वाईफ्रेन्ड पाइन्छ भन्ने सुनेपछि जो कोही चकित पर्न सक्छ ।

‘रोजसिप’ नामको यो सर्भिसमार्फत् युवतीले आफ्नो मन लागेको युवक छान्न पाउँछिन् । केटा बुक गर्ने यो सर्भिसको मूल्य बुकिङ समयका हिसाबले तय गरिने गर्छ ।

यदि कोही केटी कुनै केटासँग २–४ घन्टाका लागि बुक गर्छिन् भने उनले १ सय ६२ देखि ३ सय २५ डलरसम्म पैसा तिर्नुपर्ने हुन्छ । यो सर्भिसअन्तर्गत ‘गुड नाइट प्याकेज’ पनि उपलब्ध छ, जसमा केटीले केटा पूरै रातका लागि बुक गर्न पाउँछिन् । यो प्याकेजको मूल्य ४ सय देखि ८ सय डलर पर्छ ।

सर्भिसमा रहेका केटाहरूले युवतीको चाहनाअनुसार खाना पनि बनाउने गर्छन् । वाइन पिउँदै सुख–दुःखका कुरासमेत गर्छन् । यो सर्भिसमा महिलाको उमेर ३० देखि ४० वर्ष र केटाको उमेर २० देखि ३० वर्षसम्म छ ।

एक युवतीले जति चाह्यो त्यत्ति संख्यामा एक रातका लागि केटा भाडामा लिन सक्छन् । केही वर्षपहिले मात्र सुरु भएको यो व्यवसायमा जापानी महिलाले निकै नै रुचि देखाएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्