विवाह नगरी कसरी बस्नु ? जवानीको मज्जा भनेकै त्यसैमा हुन्छ : ज्याेती मगर



काठमाडौं, २१ माघ

तपाईंको नामको अर्थ के हो ?
प्रकाश ।

ज्योति मगर र सनी लियोनको अंग प्रदर्शनमा के फरक छ ?
सनीलाई विश्वले चिन्छ, मलाई नेपालीले मात्र । सबै नारी एकैनासका हुँदैनन् । मैले सनीले जस्तो देखाउनै नहुने कुरा देखाएकी छैन ।

ज्योति मगर स्टेजमा मर्यादा राख्दिनन् भन्छन् नि ?
हो र ? सुनेर दु:ख लाग्यो ! यद्यपि ओहो च्वाक रहेछ, सेक्सी रहेछ– भन्दैमा मर्यादाको प्रश्न उठाइन्छ भने मलाई भन्नु केही छैन ।

बाबु–आमाले रिल्याक्स गर्दा–गर्दै जन्मिएको जस्ता शब्द बोल्नुहुन्छ नि ?
यो त ध्रुव सत्य हो ! सत्य कुरा गर्न किन डराउनु ?

ज्योति छोटा लुगा लगाएर चर्चामा आउँछिन् भन्ने आरोप पनि छ ?
छोटा लुगा लगाउँदैमा चर्चामा आइन्छ भने त राम्रै कुरा हो । हाम्रो पालामा त त्यस्तो थिएन दु:ख गर्नुपथ्र्याे, गीतै गाउनुपथ्र्याे ।

तपाईंको कार्यक्रम परिवारसँग बसेर हेर्न पनि गाह्रो हुन्छ ?
मैले त्यस्तो केही नराम्रो बोलेको, देखाएको जस्तो लाग्दैन ।

यति धेरै गायक–गायिकाको भीडमा ज्योतिकै मात्र चर्चा किन ?
स्टेजसँग मेरो एकदमै राम्रो सम्बन्ध छ । म स्टेजसँग बढी खेल्न सक्ने भएर पनि होला ।

विवाह नगर्ने ? कस्तो केटा रोज्नुहुन्छ ?
विवाह नगरी कसरी बस्नु ? जवानीको मज्जा त लिनुपर्‍यो नि । विवाह नै गर्न त मेरो मन छुने कोही त आउला नि ।

सेक्स के हो ?
एकदमै सामान्य कुरा हो, मलाई त वास्तै लाग्दैन ।

तपाईंको उमेर ?
छोरा मान्छेको आम्दानी र छोरीको उमेर नसोध्नु भन्छन् नि ।

स्लिम हुन मन लाग्दैन ?
हड्डीको पछाडि त कुकुर मात्र लाग्छ । वनको सक्कली बाघ त मसलको पछाडि नै दौडन्छ ।

प्रतिक्रिया दिनुहोस्