यी हुन्, १३ वर्षमै करोडपति बनेकी युवती !



एजेन्सी । डेनियल ब्रिगोली जो १३ वर्षमै करोडपति बन्न सफल भएकी छिन् । अमेरिकन टिभी शोमा देखिएपछि भाइरल भएकी उनको कमाई सुनेर सवै छक्क पर्छन् ।

एक अमेरिकन वेबसाइटका अनुसार उनी २०१७ को अन्त्यसम्म मिलिनेयर बन्नेछिन्। बढिरहेको फ्यान फलोइङका कारण सानो शोमा जानको लागि पनि उनको शुल्क बढ्दै गएको छ ।

उनले सोसल मितियाबाट मात्र एक करोड नेपाली रुपैयाँजति कमाउँछिन् । डेनियलले म्युजिक फेस्टिवलमा पब्लिक अपिरियन्सको लागि ३२ हजार पाउण्ड लिएकी थिइन् ।

उनले आफ्नो फ्यानसँग भेट्नको लागि मात्र ३० हजार पाउण्ड लिन्छिन् । इन्स्टाग्राममा ८३ लाख फलोअर्सका साथमा उनको सिंगल पोस्टबाट मात्र ४० हजार पाउण्डभन्दा बढी कमाइ हुन्छ।

सबै मिलाएर उनको नेट वर्थ अहिले १ लाख ५० हजार पाउण्ड भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्