भोजपुरले जित्यो पूर्वाञ्चल स्तरिय तेक्वान्दोको उपाधि



भोजपुर, २१ माघ

भोजपुरको दिङ्लामा भएको १० औं पूर्वाञ्चल स्तरिय सिनियर तथा जुनियर (आइटिएफ) तेक्वान्दो प्रतियोगिताको उपाधि भोजपुरले आफनो पोल्टामा पारेको छ । प्रतियोगितामा आयोजक भोजपुरले १४ गोल्ड मेडल १२ रजत र ९ ओटा कास्य मेडल हात पार्दै प्रथम सिल्ड चुमेको हो ।

द्धितिय भएको मोरङले ८ गोल्ड, मेडल ३ रजत र ४ कास्य मेडल प्राप्त गरेको छ । यस्तै ५ गोल्ड मेडल १ रजत ३ कास्य मेडल प्राप्त गर्दै सिराहा तृतिय भएको छ । पुरुष तर्फ २०–२४ केजि तौल समुहमा मोरङ जिल्लाका अनिश देवान विजयी भएका छन् भने आयोजकका रविन्द्र खड्का उपविजेता बनेकाछन् । यस्तै महिला तर्फ आयोजकका मिलाप्मा राई विजेता घोषित भए । २५–३० तौल समुहमा आयोजकका विनोद ठटाल विजेता भएका छन् भने प्रतिक रेग्मी उपविजेता भएका छन् भने महिला तर्फ एकता राई विजेता भएकी छिन् ।

 

त्यस्तै ३१–३५ तौल समुहमा सुनसरिका सागर अधिकारि विजेता भएका छन् भने मोरङका निरज राई उपविजेता भएका छन्, महिला तर्फ मोरङका निगम मगर विजेता भएकाछन । त्यस्तै ३६–४० तौल समुहमा धनकुटाका मन्दिप राई विजेता भएकाछन् भर्ने आयोजकका अविरल वुढाथोकी उपविजेता भएका छन, महिला तर्फ आयोजकका बर्षा सुनुवार विजेता भएकी छन, उपविजेता आयोकको सञ्जिता राई भएकी छिन् ।

त्यस्तै ४१–४५ तौल समुहमा सिराहका रमन शर्मा विजेता भएकाछन् भने झापाका संगित राई उपविजेता भएका छन्, महिला तर्फ आयोजकका निश्चल राई विजेता भएकाछन भने उपविजेता भोजपुरको प्रभा ढकाल उपविजेता भएका छन् । त्यस्तै ४६–५० तौल समुहमा सप्तरीका किसान माहासेट विजेता भएका छन् भने धनकुटाका सुक्ला अधिकारी उपविजेता भएका छन् भने महिला तर्फ आयोजकका लक्ष्मी राई विजेता भएकाछन भने उपविजेता मोरङका सुष्मा धिमाल उपविजेता भएका छन् ।

 

त्यस्तै ५१–५५ तौल समुहमा सुनसरीका निकेश कटुवाल विजेता भएकाछन् भने भोजपुरका रन्जन विक उपविजेता भएका छन्, महिला तर्फ आयोजकका धना तामाङ विजेता भएकी छिन् भने उपविजेता धनकुटाका श्रद्धा आचार्य भएकी छन् । त्यस्तै ५५–६० तौल समुहमा सिराहाका प्रभात कार्की विजेता भएकाछन् भने आयोजकका भूवन मगर उपविजेता भएका छन् भने महिला तर्फ आयोजकका डम्बर कुमारी बस्नेत विजेता भएकाछन । त्यस्तै ६१–६५ तौल समुहमा भोजपुरका निशान खत्री विजेता भएकाछन् भने सिराहाका रबिन देवर उपविजेता भएका छन् । त्यस्तै ६६–७० तौल समुहमा आयोजकका बिरबहादुर तामाङ विजेता भएका छन् ।

 

त्यस्तै ७१–७५ तौल समुहमा आयोजकका मिलन तामाङ विजेता बनेका छन् । झापालाई अनुसाशित टिम घोषित गरिएको छ । महिला तर्फको वेष्ट फाइटर आयोजकका वर्षा सुनुवार भएभने पुरुष तर्फ झापाका अनिष देवान घोषित भएका हुन् ।

प्याट्रन तफको खेलमा पुरुष पहेलो पेटी तर्फ मोरङका अनिस देवान प्रथम भएका छन् भने आयोजकका अरुण राई द्धितीय भएका छन् । हरियो पेटी पुरुष तर्फ सिरहाका मुकेश पण्डीत र आयोजकका भुवन खत्री क्रमश प्रथम र द्धितीय भएका छन् भने महिला तर्फ मोरङका आस्था शर्मा र सुनसरीका निगम मगर द्धितीय र तृतिय भएका छन् ।

 

त्यस्तै पुरुष तर्फको नीलो पेटीको फाइनल प्याट्रन तर्फको खेलमा मोरङका सौरभ आचार्य विजेता भएका छन् भने आयोजकका सौरभ राई उपविजेता बनेका छन् । महिला तर्फ केरिशा आचार्य मोरङ र प्रभा ढकाल आयोजकले प्रथम र द्धितीय जित हासिल गरेको छ । यस्तै पुरुष रातो पेटी तर्फ रीतिक रसाइली आयोजक विजयी भएको छ भने महिला तर्फ झापाका चोक्पेला राई र आयोजकका लक्ष्मी राई प्रथम र द्धीतीय भएका छन् । पुरुष कालो पेटी तर्फ आयोजकका प्रतिक श्रेष्ठ प्रथम र अनिष खड्का सुनसरीका द्धितीय भएका छन् । विभिन्न १० ओटा तौल समूहमा पूर्वाञ्चलका ८ जिल्लाका ८० खेलाडीले प्रस्पिर्धा गरेको भोजपुर तेक्वान्दो संघका अध्यक्ष सुरेश राईले बताए । भोजपुर लाईटिएफ तेक्वान्दो संघले दिंलामा आयोजना गरेको तिन दिने प्रतियोगिता शनिवार समापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्