जान्नुहोस ! भन्टाका फाइदाहरु



हरेक तरकारीमा आफ्नो आफ्नो गुण हुन्छ । सबैले आ-आफ्नो काम गर्छ र हरेकको आफ्नै महत्व छ त्यसैगरी भन्टा हेर्दा जति आकर्षक र राम्रो लाग्छ, स्वास्थ्यका हिसाबले पनि उत्तिकै आकर्षक र उपयोगी मानिन्छ । भन्टा प्राचिन समयमा भारतमा जंगलीफलको रुपमा परिचित थियो इशापूर्व पाँचौ शताब्दिमा चीनमा पहिलोपटक खेतीगर्न थालिएको इतिहास छ । यो अफ्रिकामा मध्ययुगतिर पुग्यो भने त्यसपछि युरोपतिर फैलिएको पाइन्छ । आजकाल इटाली, टर्की, इजिप्ट, चीन र जापानमा यसको खेति प्रमुखताका साथ गरिन्छ ।

भन्टाले मधुमेह नियन्त्रणमा राख्छ र फाइबरको महत्वपूर्ण स्रोत भएकाले ब्लड सुगरलाई नियमित राख्न र ग्लुकोजलाई नियन्त्रण राख्न मद्धत गर्छ । यसले गर्दा टाइप टु डाइबिटिज लाग्नबाट बचाउँछ । मुटुरोग लाग्नबाट बचाउँनुका साथै नियमित सेवनले कोलेस्टेरोलको तहलाई घटाउन सहयोग गर्छ । यसका साथै रक्तचापलाई स्थिर गर्न मद्धत गर्ने भएकाले मुटुको रोग लाग्ने सम्भावनाकम गर्छ । यसमापाइने पोटासियमका कारण शरीरलाई हाइड्रेट राख्छ ।

दिमागलाई स्वस्थ पनि राख्छ यसमा पाइने फाइटोन्युट्रियन्टका कारण दिमागको सेल मेम्ब्रेनलाई हुने सम्भावित क्षतिबाट बचाउछ र सन्देशलाई एक ठाउबाट अर्को ठाउमा पु¥याउन सहयोग गर्छ । यसबाट स्मरण क्षमतामापनि वृद्धि हुन्छ ।आइरनको उत्पादनमा पनि सहयोग पुर्याउछ र हाम्रो दैनिकजीवनलाई सहजपार्न शरीरमा आइरनको तत्व पनि आवश्यक हुन्छ । चाहिनेभन्दा बढी आइरन पनि शरीरलाई हानिकारक हुन्छ । भन्टामा पाइने नासुनिन तत्वले शरीरबाट अनावश्यक आइरन हटाउन मद्धत गर्छ । यसले हृदयाघातको खतरा पनि घटाउछ ।

तौल नियन्त्रण गर्न पनि मद्धत गर्छ, यसमा पानीको तत्व बढी हुनाले यसबाट क्यालोरीपनिकम प्राप्त हुन्छ । यहीकारण यो सबैभन्दा उत्कृष्ट खाद्यपदार्थ भएको छ । यसैले भन्टाको नियमित सेवनले तौल नियन्त्रण गर्नपनि सहयोग गर्छ । पाचनप्रक्रियामा सहयोग गर्नुका साथै यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसबाट कब्जियत रोकथाम हुनुकासाथै कोलोन क्यान्सरको सम्भावनालाई पर राख्छ । दीर्घरोगबाट बचाउँछ र नियमित सेवनले मुटुको रोग र स्ट्रोक हुने सम्भावनालाई कम गर्छ । धूमपान हटाउन सहयोग गराउछ थोरै मात्रामा निकोटिन हुन्छ । जसले बिस्तारै धूमपान हटाउन सहयोगी भूमिका खेल्छ ।

एन्टी ब्याक्टेरियल र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ, जुन एन्टीभाइरल र एन्टी ब्याक्टेरियलको प्रभावकारी स्रोत मानिन्छ । छालाका लागिउपयोगी भन्टा मिनरल्स, भिटामिन र डाइटरी फाइबरको उच्च स्रोत हो । यसमा पानीको मात्रापनि धेरै हुन्छ । त्यसैले यसले छाला सुख्खा हुन दिँदैंन र चम्किलो बनाउँछ । यसका साथै यसले छालाको क्यान्सर पनि रोकथाम गर्छ । कपालका लागि भन्टामापाइने पानीले कपालको जरालाई पोषण दिन्छ र कपालपनि बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्