वाम गठबन्धनको चुनाव चिह्नमा छाप लगाउने देउवाका ज्योतिषी ?



प्रधानमन्त्री शेरबहादुर देउवा विगतमा आफूमाथि लागेको अक्षमको दाग धुन लागि परेका छन् । तर, आफ्नै ज्योतिषीका कारण उनको योजना विफल होलाजस्तो पो लाग्न थाल्यो । चुरोटसमेत ज्योतिषीको सल्लाहमा सल्काउने देउवा । ज्योतिषीले भनेबमोजिम नै चुनावी तयारीमा लागेका हुन् । ज्योतिषीले ‘नयाँ प्रधानमन्त्री तपाईं नै’ पनि भनेछन् ।

तर, भविष्यदर्शी धुरन्धर ज्योतिषीले भने चुनावअघि कहाँकहाँ कहिले बम हानिनेछन्, कताकता पड्किनेछन् भनेर देउवालाई नभनेकामा भने सायद गहिरो रहस्य छ । भात खानेदेखि शौच गर्नेसम्मको सु–साइतको सल्लाह दिने ज्योतिषीले किन यो कुराचाहिँ नभनेका होलान् ? कतै उनले विश्वास गरेका ज्योतिषी वाम गठबन्धनको चुनाव चिह्नमा छाप लगाउने त परेनन् ?

प्रतिक्रिया दिनुहोस्