मान्छेको आयु अब १४० वर्ष



डाभोस (स्विट्जरल्यान्ड), २२ माघ

चिकित्सा क्षेत्रमा भइरहेको प्रगतिले आउँदा दिनमा मान्छेले डिजिटल प्रविधिमा आधारित कृत्रिम ज्ञानको प्रयोग गरेर आफ्नो स्वास्थ्यको आफैले प्रबन्ध गर्दै एक सय ४० वर्षसम्म बाँच्न सक्ने भएको छ ।

स्विट्जरल्यान्डको डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चको शिखर सम्मेलनमा स्वास्थ्य प्रविधिमाथि एउटा परिचर्चा भयो । यस परिचर्चामा विशेषज्ञहरुले प्रविधिको उदाउँदो यस्तो परिदृश्यमा अस्पतालहरुको भूमिका केवल आपात्कालीन चिकित्सा कक्षको हैसियतमा हुनजाने धारणा राखे । माइक्रोसफ्टका सीईओ सत्या नडेलाले डिजिटल प्रविधिमा आधारित चौथो औद्योगिक क्रान्तिले चिकित्सा क्षेत्रलाई यसरी परिवर्तन गरिदिन्छ कि कृत्रिम ज्ञानको प्रविधि र डाटाले युक्त चिकित्सा वैज्ञानिक तत्काल रोगको सर्वोत्तम उपचार पत्ता लगाउन ठुल्ठूला दिग्गजहरुलाई पछि पारिदिने बताए । अस्पतालहरुको व्यवस्थापन पनि डिजिटल प्रविधिमा आधारित हुनेछ । मेडिकल रिकर्डहरु तुरन्तै पाइनेछन् ।

यस सत्रका बारेमा जारी आधिकारिक प्रेस विज्ञप्तिमा भनिएको छ–प्रविधि र औषधिको सन्तुलनले विश्व स्वास्थ्यको सन्दर्भमा उन्नत भइरहेको छ । विज्ञप्तिमा भनिएको छ, ’केही दशकमा मानिस एक सय ४० वर्षसम्म बाँच्ने छन् । अस्पतालहरु आपात्कालीन चिकित्सा कक्षमात्र हुनेछन्, किनकि मान्छे बिरामी हुँदा आप्mनो स्वास्थ्यको हेरचाहको प्रबन्ध स्वयम्ले गर्ने छन् ।’

प्रतिक्रिया दिनुहोस्