जब व्यक्तिको मनमा संसारबाट दुर जाने इच्छा हुन्छ तब संन्यासी जीवन जिउनका निमित्त गुफा वा कन्दरामा आपनो घर निर्माण गर्ने गर्दछ । जर्जियाका एक साधुले संन्यासी जीवन बिताउनका लागि १३० फुट अग्लो पहाडको टाकुरामा आपनो घर बनाए जसमा उनि एक्लै बस्ने गर्दछन ।
मेक्जिम नाम गरेका ती साधु क्रिश्चियन मोंक हुन् । पछिल्लो २५ वर्ष देखि उक्त टाकुरामा एक्लै बस्ने ति साधुले उक्त पिलरको नाम ‘कात्स्खी पिलर’ राखेका छन् । हप्तामा दुइ पटक मात्र जमिनमा उत्रने उनले उक्त पहाडको टाकुरामा चढ्नका लागि १३१ फुटको भर्याङ बनाएका छन् । मेक्जिमलाई उक्त पहाडको टाकुराबाट जमिनमा उत्रन झन्डै २० मिनेट लाग्ने गर्दछ ।
मेक्जिम युवा अवस्थामा ड्रग्स सेवनका कारण जेल गएका थिए । जेलबाट छुटेपछि उनले पहाडको टाकुरामा आपनो घर बनाए र संन्यासी जीवन जिउन थाले ।- एजेन्सी