नागा बाबासँग जोडिएका रोचक तथ्य, जुन तपाई थाह नहुन सक्छ



काठमाडौं, २२ माघ

भनिन्छ, नागा बाबाको जिवन सँधै रहस्यमै रहन्छ । आज हामी नागा बाबासँग जोडिएका केही रोचक तथ्यका बारेमा जानकारी दिदैछौ । यस्ता तथ्य जुन तपाई थाह नहुन सक्छ ।

१. जो व्यक्ति नागा बाबा बन्न चहान्छ । उसले अखान्डमा प्रवेश गर्नु पर्छ । पूर्णरुपमा बम्हचार्य जिवनको पालना गर्नु पर्छ । यो प्रक्रिया ६ देखि १२ बर्षसम्मको समय लाग्छ । अब अखान्ड गुरु उसले पुरा दिक्षा प्राप्त गर्यो भन्ने सम्झन्छन् । तब अलग प्रक्रिया शुरु हुन्छ ।

२. यो प्रक्रियामा उनीहरुलाई झण्डाको मुनी २४ घण्डा विना कपडा उभिनु पर्छ । यसपछि बरिष्ठ साधुले एक प्रक्रिया चलिरहँदा नपुंसक बनाइदिन्छन् । त्यपछि नागा साधु दिगंबर बन्ने गर्छन् ।

३. पुरुष मात्रै नागा साधु बन्न सक्छन् भन्ने होइन । महिलाहरु पिन नागा साधु बन्छन् । खासगरी विदेशी महिला यसमा बढी चासो देखाउँछन् ।

४. नागा साधु बन्न पहिले कपाल खौरनु पर्छ । त्यसपछि गंगा नदीमा १०८ पटक डुबुल्की मार्नु पर्छ । त्यसपछि उ परिवार र समाजका लागि मृत मानिन्छ । यो व्यक्तीको श्राद्ध गरिन्छ र पिण्डदान समेत गरिन्छ ।

५. नागा साधु बन्नका लागि वस्तुहरुको त्याग गर्नु पर्छ । कुनै परिस्थितीमा वस्त्र लगाउनु परेमा गेरु वस्त्र मात्रै लगाउनु पर्छ ।

६. नागा साधुले खाट, पलङ्ग वा गद्धाको प्रयोग गर्न पाउँदैनन् । भुईमा नै सुत्ने गर्छन् ।

७. नागा साधु सँधै वस्तीभन्दा टाढा आफ्नो निवास बनाउछन् । यिनहरुले सन्यासी बाहेक अन्य कसैको प्रणाम गर्दैनन् र कसैको वास्ता गर्दैनन् ।

८. कुम्भ मेलामा देखिएका नागा साधुहरु मेला सकिने वित्तिकै हिड्ने गर्छन् । यीनीहरु जंगलको बाटो हुँदै आफ्नो यात्रा गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्