श्वेता खड्का ‘कान्छी’को आज जन्मदिन, जान्नुहोस ! कति वर्ष लागिन ?



२२ माघ । नायिका श्वेता खड्का आज आफ्नो २८औं जन्मदिन मनाउँदैछिन् । अंग्रेजी पात्रोअनुसार उनको जन्मदिन ५ फेब्रुअरी र नेपाली पात्रोअनुसार श्वेताले माघ २३ गतेलाई जन्मदिन मान्दै आएकी छिन् ।

। आठ वर्षअघि ‘कहाँ भेटिएला’ चलचित्रबाट डेब्यु गरेकी श्वेता यतिखेर आफ्नो पछिल्लो चलचित्र ‘कान्छी’ को प्रचार प्रसारमा ब्यस्त छिन् । आकाश अधिकारीले निर्देशन गरेको ‘कान्छी’ मा श्वेताको दयाहाङ राईसँग केमेस्ट्री देख्न पाइनेछ । ‘कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती’, ‘हाँसी देऊ एकफेर’ ‘कोहिनूर’ जस्ता हिट चलचित्र दिइसकेकी श्वेताले ‘कान्छी’ लाई पनि दर्शकले मन पराउने विश्वास लिएकी छन्।

प्रतिक्रिया दिनुहोस्