‘कृ’को दोस्रो गीत ‘मैले जानी नजानी’ सार्वजनिक (भिडियो सहित)



स्कटल्याण्डको लोकेशनसँगै अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई फिचरिङ गरिएको चलचित्र ‘कृ’मा समावेश ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा नायक केसी र नायिका वुढाथोकी उपस्थित थिए ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता ब्यानर द सुपर काजोल फिल्मस् हो । सुवास गिरी र भूवन केसीले यो चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । चलचित्रको यो गीतको भिडियोमा अनमोल र अदितीको केमेष्ट्री पनि गज्जबको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्