भारतले मिचेको सिमा अबलोकन गर्न चिनियाँ राजदुत जनकपुर , मिचिएको भए चुप नबस्ने



जनकपुरधाम, २२ माघ

२ दिने भ्रमणका निम्ति नेपालका लागि चिनियाँ राजदूत यू होङबुधबार जनकपुर पुगेकी छन्। नेपालमा चिनियाँ प्रभाव बढेको भन्दै भारतले चासो व्यक्त गरिरहँदा चिनियाँ राजदूत होङको जनकपुर यात्रालाई भारतले निक्कै चासोका साथ हेरेको छ । प्रदेश २ को आफ्नो दुई दिने भ्रमणका क्रममा राजदूत होङले धनुषा तथा महोत्तरीका बाढीपीडितलाई राहत वितरण गरेकी छन् ।

राजदूत आएर सहयोग गरेका जिल्लाहरु भारतसँग सीमा जोडिएका छन् । त्यसो त भारतले पनि चीनसँग सीमा जोडिएका मुस्ताङलगायतका जिल्लामा पुगेर विभिन्न किसिमका पूर्वाधार निर्माणमा सघाउने गरेको छ । जनकपुर बसाइका क्रममा राजदूत होङले राजनीतिक भेटघाट समेत गरेकी छन् । उनी जनकपुरस्थित सीताशरण होटलमा बसेर राजनीतिक छलफल गरेको जनाइएको छ ।

बुधबार दिउँसो पौने १ बजे जनकपुर विमानस्थलमा अवतरण भएकी राजदूत होङ त्यहाँबाट सिधै सीताशरण होटलमा पुगिन् । त्यसपछि जनकपुरबाट १५ किलोमिटर दूरीमा रहेको गोविन्दपुर तथा जनकपुर आसपासका क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गरिन् । त्यहाँ रहँदा राजदुतले नेपाल भारतका सिमाका बारेमा चासो राखेको जनाइएको छ ।

राजदूत होङ बुधबार नै दर्शनका लागि जानकी मन्दिरसमेत प्ुगेकी थिइन् ।भौगोलिक दूरीका हिसाबले भारतसँग निकै नजिक रहेको प्रदेश २ को अस्थायी राजधानीमा भएको चिनियाँ राजदूतको भ्रमणलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ । उनी आजै राजधानी काठमाडौ फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्