सुतेको बेलामा मृत्यु हुने (स्लिप एप्निया) कारण निम्न हुन सक्छन ! जानकारी राखौं



१‍. उमेर
४० वर्षभन्दा माथिका यसको चपेटामा पर्ने सम्भावना धेरै हुन्छ।

२. गर्धनको आकार
१७ इन्चभन्दा बढी मोटो गर्धन हुने व्यक्तिलाई पनि स्लिप एप्नियाको जोखिम बढी हुन्छ।

३. औषधि सेवन
निद्रा लाग्ने औषधि, धुमपान र मद्यपान गर्नेलाई स्लिप एप्नियाको जोखिम बढी हुन्छ ।

४. मोटोपन
धेरै मोटो हुँदा घाँटीमा सफ्ट टिस्युज पनि धेरै हुन्छन् । त्यसैले सफ्ट टिस्युज शिथिल हुनासाथ सासनली नै बन्द हुन्छ । पेटमा धेरै बोसो वा ठूलो पेट भएका मानिसलाई पनि स्लिप एप्निया हुनसक्छ।

५. पुरुष
महिलाको तुलनामा पुरुषहरूलाई स्लिप एप्नियाको जोखिम बढी हुन्छ । यसको कारण पत्ता लागि नसके पनि शरीरमा रहेको बोसोसँग यसको सम्बन्ध हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्