महिनावारीको बेला अपनाउनुपर्ने सावधानीहरु ? विशेषगरी पुरुषले जान्न जरुरी



व्यायाम गराउनुहोस्
हल्काफूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ ।

धेरैभन्दा धेरै पानी पिउन लगाउनुहोस्
महिनावारी हुँदा शरिरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ ।

आराम गर्न दिनुहोस्
तपाईंको पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिनुहोस् । आराम गर्दा समस्या कम
हुनेछ ।

चिया–कफी वा मसालेदार खानेकुरा नदिनुहोस्
मसालेदार खानेकुरा र क्याफेनले महिनावारीको पीडालाई बढाउने गर्दछ ।

डाक्टरलाई भेट्नुहोस्
यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने डाक्टरलाई भेट्न जानुहोस् ।

मूडलाई बुझ्नुहोस्
महिनावारी हुँदा महिलामा चिड्चिडापन बढ्ने गर्दछ । उनको मूड बुझेर आपसी सहयोग
गर्नुहोस् ।

हट वाटर ब्याग दिनुहोस्
महिनावारी हुँदा पेट दुख्नु साधारण कुरा हो । हट वाटर ब्यागमार्फत पेट दुखाईबाट राहत पाउन सकिन्छ ।

डार्क चकलेट खुवाउनुहोस्
डार्क चकलेटमा पाइने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउने गर्दछ ।

तरकारी र फलफूल खुवाउनुहोस्
केरा, मेवालगायतका फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ ।

मसाज गर्नुहोस्
महिनावारीका बेला महिलालाई कम्मर दुख्नेलगायतका समस्या हुने गर्दछ । तपाईंले हल्का हातको मसाजले उनलाई राहत दिनेछ ।

प्रतिक्रिया दिनुहोस्