‘छोरा प्रकाश बेडमा पुगेको त थाहा होला नी ?’ भन्दै प्रचण्डलाई ‘रअ’ को धम्की



काठमाडौं, २३ माघ

भारतीय जासुसी संस्था ‘राइट एनालाइसिस विङ्ग ‘रअ’ का प्रतिनिधिले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई  धम्की दिएको खुलासा भएको छ ।

रअका प्रतिनिधिले भारतीय विदेशीमन्त्री सुष्मा स्वराज नेपाल आउनुभन्दा केही दिनअघि मात्रै धम्की दिएका हुन् । धम्कीलगत्तै स्वराजको नेपाल भ्रमण भएको स्रोतले जनायो ।

नेपाली काँग्रेसको प्रस्तावमा प्रधानमन्त्री बन्न प्रचण्ड तयार नभएपछि रअले धम्की दिएको उच्च स्रोतले बताएको छ । उसले काँग्रेसको प्रस्तावमा प्रचण्डलाई पाँच वर्षसम्म प्रधानमन्त्री बन्न दवाव दिएको थियो । माके अध्यक्ष प्रचण्डले आफू तत्काल वाम गठबन्धन तोड्न सक्ने अवस्थामा नभएको भन्दै काँग्रेस र रअको प्रस्तावलाई अस्वीकार गरेपछि रअका प्रतिनिधिले प्रचण्डलाई धम्की दिएको स्रोत दाबी छ ।

“एमालेसँग पार्टी एकता गर्दा प्रधानमन्त्री पाइन्छ ? भन्दै रअका प्रतिनिधिले प्रचण्डलाई प्रश्न गरेका थिए । जवाफमा प्रचण्ड अकमकाउँदै तत्काल वाम गठबन्धन तोड्न नसक्ने बताएपछि उनीहरुले आक्रोसित भएका थिए” स्रोतले अनलाइन डबली डटकमसँग भन्यो । उपचारको क्रममा हङकङमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई भेट्ने ‘रअ’ का एजेन्टमध्येका एक भएको स्रोतले बतायो ।

सोही क्रममा प्रचण्डलाई नेपालमा भारतको इसाराबेकर सरकार गठन नसक्ने र भएमा धेरै समय नटिक्ने घुमाउरो चेतावनी दिइएको थियो । स्रोतका अनुसार प्रचण्डले आफूहरुलाई वाम एकता र वाम सरकारको एजेण्डामा जनताले मत दिएको धारणा राखेको र सोलगत्तै रअका प्रतिनिधिले “तपाईँको छोरा बेडमा हामी पुगेको कुरा तै थाहै होला नि ?” भन्दै प्रचण्डलाई मनोवैज्ञानिक तथा भौतिक धम्की समेत दिएका थिए । यो कुरा प्रचण्डले पार्टीको केही विश्वासपात्रहरुलाई समेत शेयर गरेको बताइन्छ । रअको धम्कीपछि प्रचण्ड निकै दवावमा रहेका छन् ।

उपचारका सिलसिलामा एजेन्टसँग भेट गरेपछि यता ओलीले भारतसँग नरम बनेको र सोहीमुताविक उनैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा स्वराजलाई नेपाल बोलाएको स्रोतको दाबी छ । सो कुरा ओलीले स्वराजसँग सोल्टी होटलमा गरिएको भेटपछि स्वराजको नेपाल भ्रमण कसको निम्तामा भएको ? भन्ने पत्रकारको जवाफमा ‘मैले बोलाएको हुँ’ भन्ने मसिनो स्वरमा प्रतिक्रिया दिएका थिए ।

त्यसअघि भारतको स्वार्थलाई आफूले सधैं कुल्चँदै आएको र आफूलाई ‘राष्ट्रवादी’ बताउने ओली बैंककमा उपचार गरेर फर्किएयता मोदीसँग टेलिफोन वार्ता समेत भइसकेको छ । उक्त टेलिफोन समेत मोदी नभई ओली स्वयम्ले गरेको उनीनिकट स्रोतले जनाएको छ । तर, बालकोटस्थित ओली निवासबाट भने मोदीले नै ओलीलाई फोन गरेको दाबीसहित सामाचार दिइएको थियो । स्वराजको भ्रमणपछि ओली र प्रचण्ड पार्टी एकताबारे निर्णयमा पुग्न निकै अप्ठ्यारोमा परेको बताइन्छ ।

स्मरण रहोस् गत मंसिर २ गते राति प्रचण्डका एक्ला पुत्र प्रकाश दाहालको ‘रहस्यमय’ मृत्य भएको थियो । प्रचण्ड प्रतिनिधिसभाका निर्वाचनको प्रचारप्रसारको रहेको बेला राजधानीको लाजिम्पाटस्थित निवासमा उक्त रात एक्लै सुतेको बेला कोठामा प्रकाशलाई शरीर चिसो अवस्थामा भेटिएको बताइएको थियो ।

उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टर नेश्नल हस्पिटलमा पुर्याइएको र तत्कालै हस्पिटलले प्रकाशको मृत्यु केही घण्टापहिल्यै भएको जनाएको थियो । त्यसलगत्तै प्रकाशको मृत्यु ‘षड्यन्त्रमूलक’ भएको भन्दै छानबिनको माग सर्वसाधारण तहबाटै भएको थियो । जसको कुनै सुनुवाई भएको छैन । प्रकाशको शवको पोष्टमार्टम नगरी अन्त्यष्टी गरिँदा थप शंका पैदा भएको थियो । रअका प्रतिनिधिको धम्कीले त प्रकाशको मृत्युबारे पनि नयाँ धारण विकास गराएको छ ।

अध्यक्ष प्रचण्डले पनि पटक पटक वाम गठबन्ध तोड्‍न अाफूलाई ठूलो दवाव अाएको बताउँदै अाएका छन् ।

प्रतिक्रिया दिनुहोस्