एमाले भोजपुरमा राईको समर्थन निर्णायक



काठमाडौं, २३ माघ

नेकपा (एमाले ) भोजपुर-काठमाडौं सम्पर्क मंचको १२ औँ सम्मेलनको मिति तय भैसकेको छ । मिति तय भएसंगै यतिबेला अध्यक्षको प्रतिस्पर्धाका लागि आन्तरिक गृहकार्य शुरु भएको छ ।

मंचको अध्यक्षको लागि यतिबेला हालको उपाध्यक्ष शारदा घले र सहसचिव भद्र पराजुलीको दाबि रहेको छ । तर दुबैलाई जित्नकोलागि आफैमा सकस देखिन्छ किनकि कमिटि भित्र बलियो पकड भएका सचिव भिम राई अझैसम्म मौन रहेका छन् । यतिबेला सचिव राइले जसलाई समर्थन गर्छन् उ नै अध्यक्ष बन्ने देखिन्छ । कमिटि भित्र सचिव राई सुरु देखि नै सर्बसहमत नेत्तृत्व चयन गर्नुपर्ने पक्षमा अडिग देखिएका छन्  ।

सहमतीय ढंगले नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै आएका सचिव राई भन्छन्, “दुवै जनाले आ-आफ्नो दाबीलाई नछोडे सहमतिकोलागि अर्कै बैकल्पिक उमेदवार खडा गरेर भए पनि  सर्बसम्मत नेतृत्व चयनगर्नुपर्छ ।”

नेकपा (एमाले ) भोजपुर-काठमाडौं सम्पर्क मंचको १२ औँ सम्मेलन यहि फागुन ५ गते शनिबार प्रज्ञा भवान कमालादीमा हुदैछ ।

 

प्रतिक्रिया दिनुहोस्