युवतीलाई माया गर्दाको फल : नाङ्गो शरीरमा जुत्ताको माला



यी १८ वर्षीय युवाले कुनै अपराध गरेका छैनन् । कानुनले गर्न नहुने भनेका कुनै काम नगरेका यिनको यो हालत प्रेम गरेकै कारणले भएको हो ।
भारको महाराष्ट्र राज्यको नासिकका गाउँलेले केटीसँग प्रेम गरेकै कुरालार्इ लिएर यी युवालार्इ नाङ्गै बनाएर जुत्ताको माला लगार्इ सहर घुमाए । उनले परम्परागत सोच र रुढीवादी कुराले ग्रस्त आफ्नो गाउँमा आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेकै कारण नाङ्गेझार हुनुपरेको हो । भारतीय गाउँहरुमा परम्परालार्इ चुनौती दिने कोही निस्केमा यी युवाको जस्तै हालत भोग्नुपर्ने बाध्यता छ । भारत गाउँहरुमा भीडले न्याय अन्याय छुट्याउने चलनले आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेकै कारण यी युवालार्इ शुक्रबार नाङ्गै बनाएर बजार घुमाइयो ।

नासिकस्थित वाम्बोरी गाउँका रोहित नामका यी युवाले आफूभन्दा माथिल्लो जातकी युवतीसँग चक्कर चलाएको थाहा पाएर रिसाएका गाउँले भेला भएर उनको यो हालत बनाएका हुन् । उनलालार्इ सजाय दिनुपहिले गाउँलेहरु घरघरबाट निस्केर एकै ठाउँ जम्मा भएका थिए । आफैं न्यायाधी बनेका गाउँलेले प्रेम गरेको सजायस्वरुप यी युवालार्इ गधामा बसाएर बजार घुमाए । उसलार्इ पाठ पढाउनैका लागि गाउँलेले युवालार्इ जुत्ता र चप्पलको माला लगाइदिएपछि नाङ्गै बनाएर जुलुस समेत निकाल्न भ्याए । घटनापछि युवकलार्इ यातना दिने आठ गाउँलेलार्इ प्रहरीले पक्राउ गरेको छ । महाराष्ट्रको प्रहरीले घटनामा संलग्नहरुविरुद्द उजुरी दर्ता गराएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

यो घटनाले फेरि एक पटक भारतमा भीडको शासन रहेको पुष्टि गर्दै गाउँलेले कानुन पालना गर्न इन्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसभन्दा अघि नागाल्यान्डको दिमापुर जिल्लाको केन्द्रीय कारागारबाट निकालेर एक बलात्कारका अभियुक्तको भीडले नै हत्या गरेको थियो । महाराष्ट्रमा पनि यी युवामाथि प्रेम गर्नुलार्इ अपराध ठहराउँदै भींडले नै कानुन हातमा लिएर यातना दिने काम गरेको छ । यो घटनालार्इ भारतीय सञ्चारमाध्यमले कानुनको खिल्ली उडाइएको उल्लेख गरेका छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्