पिएसजीको जितमा डी मारियाको ह्याट्रिक



काठमाडौँ । फ्रेन्च कोपा अन्तर्गत पिएसजीले प्रभाशाली जित हासिल गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको खेलमा पिएसजीले सोचक्सलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा एन्जल डी मारियाले ह्याट्रिक गरेका थिए भने एक गोल कभानीले गरेका थिए । सोचक्सका लागि एकमात्र गोल मार्टिनले गरेका थिए ।

२९ बर्षिय अर्जेन्टिनी डी मारियाले पिएसजीमा ९ गोल गरेका छन् भने ६ गोल असिस्ट गरेका
छन ।

यस जितसँगै पिएसजी प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्