विश्वकै सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण : अमेरिका (भिडियो सहित)



वाशिंटन । अमेरिकाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरमा रहेको स्पेस सेन्टरबाट बुधबार विश्वकै शक्तिशाली रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको छ ।
यसलाई अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले लन्च गरेको हो ।

अहिलेको अवस्थामा रहेका रकेटले भन्दा फाल्कन हेभीले दुई गुणा बढी भार वहन गर्न सक्ने बीबीसीले जनाएको छ । स्पेक्स एक्सका सिइओका अनुसार पहिलो उडानमा ५० प्रतिशत मात्रै सफलता प्राप्त भए पनि अहिले भने सफलतापूर्वक प्रक्षेपण भएको छ ।

यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरको भार अन्तरिक्षमा लैजान सक्ने बताइएको छ । यस उडानको साथमा इलोन मस्कको पुरानो गाडी टेस्ला स्पोर्ट्स कार पनि राखिएको र यसको अगाडिको सिटमा स्पेस सुट लगाउने व्यक्तिको पुत्ला राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्