प्रमोद खरेलको “फिर्ता गर मुटु मेरो” बोलको गीत सार्वजनिक (भिडियो सहित)



चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको पछिल्लो गीत फिर्ता गर मुटु मेरो बोलको गीत सार्वजनिक भएको छ । गायक प्रमोदले कसलाई दिएका थिए र मुटु फिर्ता मागेका हुन् । उनको मुटु लैजाने को थिए आखिर धोका मिलेपछि नै फिर्ता मागेका होलान् जस्ता मार्मिक शब्द यस गीतमा समाबेश गरिएको छ ।

गीतमा कार्यक्रम प्रस्तोताका रुपमा परिचित अर्जुन राजको शब्द रचना रहेको फिर्ता गर मुटु मेरो‘ लाई सन्तोष श्रेष्ठले संगीत भरेका छन् । यस गीतको म्यूजिक भिडियोलाई सवनम मुखियाले निर्देशन गरेकी छिन् । पछिल्लो समय मुखिया म्यूजिक भिडियोको निर्देशनमा व्यस्त रहँदै आएकी छिन् । नेपालको पहिलो महिला छायाँकार समेत रहेकी मुखियाले सिनेमा निर्देशन समेत गरेकी छिन् । यस म्यूजिक भिडियोलाई रामशरण उप्रेतीले छायाँकन गरेका छन् भने तारा थापा किम्भेले सम्पादन गरेका छन् । श्याम कुँवरले कलर गरेको यस म्यूजिक भिडियोलाई ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले पोष्ट प्रोडक्सन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्