सावधान ! भुलेर पनि नखानुहोस् खाली पेटमा निम्न बस्तुहरु



सखरखण्ड
सखरखण्डमा टैनिन र पैकटिन जस्ता पदार्थ हुन्छन् । गम जस्तो यो पदार्थलाई खाली पेटले पचाउन सक्दैन । परिणाम स्वरूप छाति पोल्ने समस्या देखापर्छ ।

खर्बुजा
खर्बुजामा विटामिन, आइरन, म्याग्नेसियम, र पोटासीयमको मात्रा निक्कै धेरै हुन्छ । शरीरको लागि अति आवश्यक यी तत्वहरु खाली पेटमा पुगे भने चाहिं एसिडिटीको समस्या आउछ । साथसाथै पाचनक्रियामा पनि समस्या आउँछ । अझ पानि खाने बित्तिकै खर्बुजा खानु र खर्बुजा खाए लगत्तै पानि खानु त झन् हानिकारक हुन्छ । यदि त्यसो गरियो भने पखाला लाग्ने निश्चित छ ।

चिनी
त्यसैपनि चिनीलाई ‘व्हाइट एण्ड स्वीट पोइजन’ भन्ने गरिन्छ । खालि पेटमा चिनी सेवन गर्दा रगतमा चिनीको मात्रा बढ्छ । चिनी खाँदा शरीरलाई आवश्यक पर्ने उर्जा र शक्ति त प्राप्त हुन्छ तर यसको मात्रामा वृद्धि हुदैजादा यसले थकान पनि बढ्छ ।

ग्रीन टि
हामीहरु शरीरको बोसो घटाउन, ब्लडप्रेसर नियन्त्रण गर्न बिहानै ग्रीन टि पिउने गर्छौं । तर ग्रीन टिमा हुने कैफिनले शरीरमा एसिडको मात्रालाई बढाउँछ । एउटा समस्याबाट मुक्त हुन पिउने त्यही ग्रीन टि खालि पेटमा सेवन गर्दा एसिडिटी बढ्छ । र, पाचनक्रियामा समस्या ल्याएर अरु नयाँ समस्या उत्पन्न गराउँछ ।

सफ्ट ड्रिंक्स (कोल्ड ड्रिंक्स)
सफ्ट ड्रिंक्सहरुमा कार्बोनेट एसिडको मात्रा अधिक हुन्छ । यसले शरीरमा एसिडको मात्रा बढाउँछ । त्यसपछि छाती पोल्ने, पेट पोल्ने समस्या देखापर्छ । एसिडिटीको समस्या बढ्छ र साथसाथै छटपटी पनि हुन सक्छ ।

चिया
चियामा पनि एसिडको मात्रा निक्कै नै धेरै हुन्छ । त्यसैले खालि पेटमा चियाको सेवनले पेट पोल्ने र दुख्ने समस्या हुन्छ भने अल्सर हुने सम्भावना पनि हुन्छ ।

केरा
केरामा म्यागनेसियम एकदमै धेरै हुन्छ । त्यसैले खालि पेटमा केरा खायो भने शरीरमा क्याल्सियम र म्याग्नेसियमको ब्यालेन्स बिग्रिन्छ । जसलेगर्दा छाती पोल्ने र पाचनक्रियामा समेत गडबडी आउने हुन्छ ।

सुन्तला
सुन्तलामा अर्गानिक एसिड हुन्छ । पेट खालि भएकोबेला शरीरमा त्यतिकै पनि एसिड (अम्ल) को मात्र धेरै हुन्छ । त्यसमाथि खालि पेटमा सुन्तला खायो भने यसले एसिडको मात्रा अत्याधिक बढाउँछ । बैज्ञानिक अनुसन्धानबाट के देखिएको छ भने पेटमा एसिड धेरै हुँदा छाती र पेट पोल्ने तथा पथरीको समस्या समेत आउने हुन्छ ।

दुध
प्राय सबैलाई थाहा छ, दुधमा स्याचुरेटेड फ्याट (चिल्लो पदार्थ ) र प्रोटीन हुन्छ । खालि पेटमा दुध सेवन गर्नाले पेटको मांशपेसीलाई कमजोर पार्छ । यसकारण दुधलाई खाली पेटमा सेवन गर्यो भने पाचनक्रियामा समस्या देखिनुको साथै यसले कफ पनि बढाउँछ ।

टमाटर
खालि पेटमा टमाटर सेवन गर्दा यसमा हुने एसिडले एक प्रकारको जेल पैदा गर्छ र अन्ततः पथरीको समस्या उत्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्