थाहापाइराखौं ! युवा अवस्थामै कपाल फुल्नुका कारणहरु



सुन्दर, बाक्लो र मुलायम कालो कपालले तपाईको प्राकृतिक सौन्दर्य र ब्यक्तित्वलाई उजागर गर्दछ । यसका साथै कपालले तपाईको आत्मबिश्वासलाई पनि बढाउछ । तर अचेल प्राय: के देखिन्छ भने उमेर नै नपुगि कमै उमेरका युवाहरुको कपाल फुलिरहेको छ या कपाल झर्ने समस्या (तक्लु) को शिकार भईरहेका छन् ।

गर्भावस्था फिट्स (शिशु) को कपाल लाई लेनुगो, नवजात शिशुको बेलल्म तथा महिला र पुरुषको कपाललाई टर्मिनल हेयर भनिन्छ। उमेरको साथ साथै कपालको विकाश र बृद्धि हुने गर्दछ। शरीरको तल्लो भागमा भएका केशहरुलाई न्युट्रल हेयर भनिन्छ। किशोर अवस्थामा जबकि टेस्टोस्टेरान्स हार्मोन्स को प्रभावले गर्दा पुरुषमा दाह्री, जुंगा, काखी र गुप्तांगमा कपालको विकास हुन्छ।

जबकि महिलाहरुमा कपालको बृद्धि विकाश एस्ट्रोजेन, एन्ड्रोजेन हारमोन्सबाट पनि प्रभाबित हुन्छन्। सामान्य रुपले हेर्ने होभने प्रतिदिन बिसदेखि सय वटा कपाल टुट्ने व झर्ने गर्दछ। जुन सामान्य कुरो हो। यसरी कपाल दिनहुँ टुट्ने वा झर्ने सबैको हुन्छ। तर यसभन्दा बढि मात्रामा कपाल झर्नु वा असमयमा कपाल फुल्नु जस्तो अबस्था आएमा ब्यक्तिले सोच्नु पर्ने हुन्छ।

यसप्रकार कपाल झर्नु र असमयमा फुल्नुको पछाडीको कारणलाई केलाउने हो भने त्यो वंशानुगतकासाथै सन्तुलित भोजन को अभाव, शरीरको हार्मोन्समा असन्तुल, अनियमित जीवन शैली, संक्रामक रोग, दीर्घकालिन कुनै रोग हुनु, औषधिहरुको अत्यधिक सेवन, औषधिहरुको साईड ईफेक्ट, कुपोषण, अत्यधिक मानसिक तनाव, रेडियसन, कृतिम या रासायनिक सौन्दर्य प्रसाधनको बढि प्रयोग, कमसल किसिमको साबुनको प्रयोग, अत्यधिक पसिना आउने आदि कारणलाई लिन सकिन्छ।

जन्मजात
एक वा धेरै ठाउँमा कपाल नहुनुलाई कंजेनाइटल भनिन्छ। जुन जन्मेको केहि समयपछि नवजात शिशुको कपाल झर्नु शरीरको कार्य प्रणाली अनुरुप नै हुन्छ। केहि दिनपछि स्वत: नयाँ कपाल पलाउन थाल्छ। यस किसिमको अवस्था कुनै खास प्रकारको रोगको संकेत वा एलोपसिया पेटर्न पनि हुन सक्छ। टाउको बीच भाग वा दुबै साइडबाट कपाल कम हुँदै जानु (मेलपेट्रन) पैत्रिक या कुनै अज्ञात कारण हुन सक्छ।

शरीरको कुनै स्थान बिषेशको कपाल झर्नुलाई एलोपसिया एरिएटा भनिन्छ। यसमा अन्डाकार या गोलोकारको रुपमा कपाल झरेको देखिन्छ। एकै साथ अनिश्चित स्थानबाट एक-एक गरी कपाल झर्नुलाई डिफ्युजन पैटर्न भनिन्छ। यो अवस्था देखिनु भनेको औषधिहरुको अनुचित र अनावश्यक प्रयोगको सकेत हो। आँखीभौंको बाहिरको कपाल झर्नु कुष्ठरोग या मिकस्सोडिमाको संकेत हो। यसैगरी कडा, पातलो र हल्का मुलायम तर चाडै टुटने कपाल कुपोषणको संकेत हो।

यिनै कारणहरुले असमय कपाल फुल्ने, टुट्नु र झर्ने क्रम बढ्दछ। टाउकोमा कतै–कतै गोलाकार रुपमा कपाल झरेमा त्यस्तो अवस्थालाई सिफिलिस (भिरगीं) को संकेत मानिन्छ।
यसैगरी यदि खुट्टाको रौं झर्दै गईरहेको छ भने मधुमेह, अर्टेरी (धमनी) को कडापन हुनु, धमनी (भेन) सम्बन्धि रोगको संकेतको रुपमा पनि लिइन्छ। महिलाहरुमा गर्भावस्थाको दौरान कपाल केहि कडा र मोटो हुन्छ। प्रसव भईसकेपछि कपाल टुट्ने र झर्ने दर पनि बढ्न जान्छ।

यसैगरी महिनावारी बन्द भएपछि पुन
हार्मोन्सको स्तरमा बदलावको कारण कपाल टुटने या फुल्ने क्रम बढ्न थाल्छ। प्रायजसो टियुबरक्लुसिस (क्षयरोग) भएका मानिसहरुको टाउको या शरीरको कुनै भागमा गोलो-गोलो दाद हुने गर्दछ। जसको फलस्वरुप कपाल पनि झर्न थाल्छ। यसको अलावा अत्यधिक मानसिक चिन्ता या शारीरिक मेहनत, केमिकलयुक्त सावुनले कपाल धुनाले टाउकोमा सोरायसिस (छाल सम्बन्धि) रोग हुन सक्छ। यसबाट चाँया (डेन्डड्रफ) उत्पन्न भइ कपाल झर्ने कारण बन्न सक्छ।

के कुरामा ख्याल राक्ने?
हुहाउने बेला या कपाल धुने समय वा कपालमा तेल या सेम्पु गर्ने बेला टाउकोमा बिस्तारै बिस्तारै तोरीको तेल, जैतुनको तेलले औलाले मालिस गर्नु पर्छ। जसले गर्दा टाउकोमा रक्तसंचार तिब्र हुन्छ र छाला सुख्खा हुनबाट बचाउछ। कपालको सरसफाइको साथै आफ्नो खानपानमा पनि उचित ध्यान दिनु पर्नेहुन्छ। भिटामिन एवं प्रोटिन युक्त खाना खानु पर्छ। दुध, दही, हरियो सागसब्जि, टुसा उम्रेको गेडागुडी, सलाद प्रसस्त मात्रामा खानु पर्छ। हाप्तामा अधिक्तम दुई पटक सेम्पु गर्नु राम्रो हुन्छ|

होमियोप्याथिक उपचार
होमियोप्याथिकमा रोगीको उपचार गर्दा रोगीको मानसिक एवं शारीरिक लक्षणका साथै उसको पारिवारिक, सामाजिक अवस्था, उसको ईच्छा, अनिच्छा, भावना आदि कुराहरुलाई समेत मध्यनजर राखेर समष्टिगत लक्षणको आधारमा उपचार गर्ने प्रवधान छ। कपालको समस्याको लागि रोगीको लक्षण अनुसार निम्न लिखित औषधिहरुको प्रयोग गरिन्छ।

औषधिहरु
थाइरायडिनम, लाईको पोडियम, एसिडफाँस, फासफोरिक एसिड, नेट्रम म्युर, पाईलोकोपरस, बेसिलिनम, आर्निका, केन्थरिस, एकिलिप्टा, आस्टिलेगो, सल्फर, कल्केरिया कार्ब, चाईना, ईग्नेशिया, सिफिलिनम, हिपर सल्फर, मर्क्युरस, कार्वोभेज, ग्रैफाइटिस, सल्युरिक एसिडको प्रयोग लाभदायक मानिन्छ। उपरोक्त औषधिहरु आफ्नो स्थानीय चिकित्सकसंग परामर्श लिई सेवन गर्नु उचित हुन्छ।

प्रतिक्रिया दिनुहोस्