हाँस्नुका फाइदाहरु



१. दिल खोलेर एक घन्टा हाँस्दा शरिरको मांशपेशीलाई बलियो बनाउँछ ।

२. हाँस्दा शरिरमा रगत प्रवाह बढ्छ । शरिरमा पर्याप्त अक्सिजन भएमा ब्याक्टेरिया र भाइरसको नष्ट गरिदिन्छ ।

३. राम्रोसँग हाँस्दा मुटुमा रगत र अक्सिजनको राम्रो प्रवाह हुन्छ । शरिरबाट एर्डोफिन नाम गरेका रसायनबाहिर निस्किन्छन् र मुटु स्वस्थ हुन्छ ।

४. हाँस्दा अनुहारको मांशपेशीमा कसरत हुन्छ । निधारमा चाउरी पर्दैन ।

५. यदी हामी एक घन्टा हाँस्योै भने हाम्रो शरिरबाट चार सय क्यालोरी खर्च हुन्छ, जसले वजन नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।

६. तनाब नियन्त्रण हुन्छ । धित मर्नेगरी हास्दा शरिरको स्ट्रेस हर्मन न्यून हुने र स्वभाविक रुपमा मनमा खुसी हुने रसायन उत्पन्न हुन्छ ।

७. लगातार १५ मिनेट हाँस्दा दुई घन्टासम्म शरिरमा आलस्य नआउने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्