पहिलो सेमिफाइनलमा नेपाल प्रहरी र संकटा क्लब भिड्ने : बुढासुब्बा गोल्डकप



२४ माघ,धरान । २०औं संकरणको बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनलमा नेपाल प्रहरी क्लब र संकटा क्लबबीच खेल हुने भएको छ। धरान रंगशालामा बुधबार अपराह्न हुने खेलमा संकटाले नेपाल प्रहरीको सामना गर्ने छ।

नेपाल प्रहरीले क्वार्टरफाइनलमा काकडभिट्टा फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनमा प्रवेश गरेको हो। त्यस्तै संकटाले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो।

दोस्रो क्वाटरफाइनलमा भोलि भारतको दुर्गापुर स्टिल्सले थ्रीस्टार क्लबको सामना गर्ने छ। दुर्गापुरले आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। थ्रीस्टारले सुदूरपश्चिम ११ फुटबल क्लबलाई ४–०को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनमा स्थान पक्का बनाएको हो। एक विदेशीसहित कुल आठ टिम सहभागी प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार नगदसहित ट्रफी हात पार्ने छ।

प्रतिक्रिया दिनुहोस्