२० किलो अबैध सुनसहित विमानस्थलका असई पक्राउ



काठमाडौं, २४ माघ

२० किलो अबैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका असई कुलबहादुर राई  पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित कोठाबाट पक्राउ गरेको हो ।

उनको साथबाट अर्का एक जना व्यक्ति पक्राउ परे पनि उनको विषयमा केही खुलाइएको छैन् ।

बिहीबार बिहान कतारबाट परवेज आलमले ल्याएको अवैध सुन एयरपोर्टमा ड्युटी अफिसर रहेका राईले  पास गराएका थिए । त्रिभुवन विमानस्थलको रनवेबाट सिधै डोमेस्टिक टर्मिलनमा सुन लगेर राखेका राईले साँझपख आफ्नो डेरामा लिएर गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्