वृष राशिका लागि भ्यालेन्टाइन डे कस्तो ? कसरी गर्ने प्रेम



काठमाडौं, २४ माघ

यो राशिका लागि प्रेम गर्न सर्वाधिक उपयुक्त राशि कन्या हो। वृष राशिका व्यक्तिहरूले मिथुन, वृश्चिक तथा मकर राशिका व्यक्तिसँग पनि प्रेमसम्बन्ध अघि बढाउन सक्छन्। वृष राशि भएका व्यक्तिहरूले सूर्य उदय भएको चार घण्टाभित्र प्रेम प्रस्ताव राखिसक्नुपर्छ। प्रेम भैसकेका व्यक्तिहरूले पनि आफ्नो भ्यालेन्टाइनप्रति बिहान ६ बजेदेखि १० बजेभित्रमा प्रेम दर्साउनुपर्छ।

यो राशिका व्यक्तिहरूको बोलीको प्रभाव कम हुने भएकाले प्रत्यक्ष भेट्नुभन्दा विद्युतीय सञ्चारमाध्यममार्फत प्रपोज गर्नु बढी प्रभावकारी हुन्छ। फोनबाट प्रेम प्रस्ताव राख्दा पश्चिम दिशा फर्किएर छोटो-मीठो भाषा प्रयोग गर्नु उपयुक्त हुन्छ। प्रपोजपश्चात्को भेटमा प्रेमी वा प्रेमिकाले क्रिम कलरको पहिरन प्रयोग गर्न सक्छन्। यो राशिका व्यक्तिहरूले आफ्नो भ्यालेन्टाइनलाई पशुपन्छीहरूका चित्र वा मूर्ति उपहार दिनु राम्रो हुन्छ। भ्यालेन्टाइन कार्ड दिँदाचाहिँ चाँदी रंगको वा चाँदीका फ्रेम भएको उपहार प्रदान गर्नु उपयुक्त हुन्छ।

रेस्टुराँ जाँदा गोलो आकारका गुलिया परिकार खानु उपयुक्त हुन्छ। यसले प्रेममा विश्वास जागृत गराउँछ। डेटिङ स्पटमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरू उपयुक्त हुन्छन्। यो राशिका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई माया व्यक्त गर्न बोलीभन्दा बढी व्यवहार प्रदर्शन गर्नु उपयुक्त हुन्छ। किस गर्दा घाँटीको दायाँ-बायाँ गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्